सिंजाको धाँपामा निशुल्क शिविर, ३२१ जनाले सेवा लिए

जुम्ला – सिंजा गाउँपालिका धाँपा स्वास्थ्य चौकीमा निशुल्क शिविर सञ्चालित रहेको छ । जनस्वास्थ्य कार्यालय जुम्लाको सहकार्यमा सिंजा गाउँपालिका जुम्लाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । निशुल्क स्वास्थ्य शिविरमा ३२१ जनाले सेवा लिएका छन् । महिला १८६ जना र पुरुष १३५ जनाले सेवा लिएका छन् । स्त्रीरोगका १३६ जनाले स्वास्थ्य सेवा लिएका छन् । भिआईएएम ५५ जना, भिआईए पोजेटिब ८ जना, रिङ राख्ने ८ जना र १४ जनाले पे्रसरी राख्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको छ ।


हाडजोर्नी १९५ जना, बालरोग ४५ जना, जनरल सेवा १८० जना र २६ जनाले किशोर किशोरीले प्रजन्न स्वास्थ्य मानसिक परामर्श सेवा लिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका प्रमुख ललित रोकायाले बताए ।
सिंजा गाउँपालिका जुम्ला अध्यक्ष पूर्णप्रसाद धितालले स्थानीय स्तरमै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा पाएको बताए । उनले भने, यस्ता सेवा पटक पटक सञ्चालन गर्दै जाने छौँ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस