जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फर्छ्यौट (तीन वर्षे विवरण सहित)

जुम्ला । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । आर्थिक वर्ष २०८१/८२ कूल दर्ता भएका मुद्वा मध्य असार ३० गते सम्म ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएका हुन् ।

साेमबार जिल्ला अदालत जुम्लाद्वारा आयाेजित संचारकर्मीसंगकाे अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ दर्ता भएका १९२ र गत वर्षकाे जिम्मेवारी सरि आएका ११९ गरि कुल ३११ वटा मुद्दा दर्ता भएका थिए ।

जसमा आर्थिक वर्षकाे असार मसान्त सम्म कुल दर्ता भएका मुद्वा मध्य २१३ वटा अर्थात ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएकाे अदालत स्राेतले जानकारी दिएकाे छ । प्रतिवदेननुसार हाल ९८ वटा मुद्दा बाँकी रहेका छन् । ती आगामी आवकाे लागि जिम्मेवारी समेत सरेका छन् ।

तीन वर्षकाे तुलनात्मक अबस्था
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म तीन वर्षकाे तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएकाे देखिन्छ ।

जिल्ला अदालतबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ३७६ मुद्वा दर्ता भएकाेमा फर्याैट २२८ भएका छन् भने बाँकि १४८ मुद्दा छन् ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ कूल ३१२ वटा मुद्वा दर्ता भएकाेमा अन्तिम सम्म फर्याैट १९३ वटा मुद्दा फर्छ्यौट भएका छन् । भने ११९ वटा मुद्वा फर्याैट हुन बाँकि रहेेका छन् ।

साथै आर्थिक वर्ष २०८१/८२ मा ३११ वटा मुद्दा दर्ता हुदा २१३ फर्याैट भएका छन् । मुद्वा दर्ता संख्या यश वर्ष कम भएपनि फर्छ्यौटदर भने विगत दुई वर्षकाे भन्दा बढी रहेकाे छ ।
कुल ५३ वटा मुद्वा मध्य ३८ वटाकाे फैसला कार्यान्वय भएका छन् । यदपी अदालतलाइ फैसला कार्यान्वयन ढिला सुस्ती हुने गरेकाे गुनासाे आउने आउने गरेकाे छ ।

जिल्ला न्यायधिष आनन्दराज पन्तले न्याय सम्पादनलाई प्रभावकारी बनाउन पन्चबर्विय रणनीतिनुसार काम भईरहेकाे बताए ।

उनले भने,’अहिले हामी चाैथाे वार्षिक रणनीति याेजना कार्यान्वयनमा छाै । पूर्वनिर्धारित लक्ष्यनुसार कार्यक्रम गरिरहेका छाै । न्याय सम्पादनलाई प्रभावकारी बनाउन सबै सराेकारवालाकाे सकरात्मक सुझाव आश्यक छ ।’

जिल्ला अदालतले हरेक वर्ष वार्षिक निर्धारित कार्यक्रम अनुसार आफ्नाे प्रगति विवरण सार्वजनिक गर्न पत्रकार संग अन्तरक्रिया कार्यक्रम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस