नेपाल तरुण दल जुम्लाकाे पाँचाै जिल्ला अधिवेशन साउन ९ गते हुने, तयारी पूरा

जुम्ला । नेपाली काँग्रेस निकट यूवाहरुकाे संगठन नेपाल तरुण दलकाे पाँचाै जिल्ला अधिवेशन हुने भएकाे छ । आगामी साउन ९ गते अधिवेशनकाे हुने भएकाे हाे ।

आईतबार दरुण दल जुम्लाद्वारा आयाेजित पत्रकार सम्मेलन मार्फत अधिवशेनकाे तयारी भव्य रुपमा भईरहेकाे सबै तयारी पूरा जनाईएकाे छ ।

दरुण दल जुम्लाका अध्यक्ष दिपेन्द्र हमालले अधिवेशनकाे उद्घाटन गर्न नेपाल तरुण दलका केन्द्रीय सहमहामन्त्री डिना उपाध्याय प्रमुख अतिथिका रुपमा जुम्ला आउने तयारी छ ।

तरुण दलका केन्द्रीय सदस्य समेत रहेका हमालले हरेक तीन वर्षमा अधिवेशन हुने भएपनि देशभर नै अधिवेशनकाे समय ढिला भएर जुम्लाकाे पाँचाै जिल्ला अधिवेशन १० वर्षपछि हुन लागेकाे जानकारी दिए। अधिवेशनबाट नेपाल तरुण दलकाे नयाँ नेतृत्व चयन हुने छ । अधिवेशन मुद्वा भन्दा नेतृत्व छनाेटमा केन्द्रित हुने छ ।

६० वटा वडाबाट ३७० जना प्रतिनिधिकाे सहभागिता रहने छ। भने अधिवेशनबाट ३० सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ । १० वर्षपछि हुुने लागेकाे अधिवेशनमा नेेतृत्वमा जानेकाे आकांक्षा बढेकाे छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस