विकास र सेवा प्रवाह प्रभावकारी बनाउन तातोपानीमा कार्य सम्पादन सम्झौता

जुम्ला । तातोपानी गाउँपालिकाले विकास निर्माण,सेवा प्रवाह र सुशासन प्रर्बद्धनलाई प्रभावकारी बनाउन कार्य सम्झौतालाई निरन्तरता दिएको छ । २०७९ बाट निर्वाचित गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाको विकास र सेवा प्रवाहलाई चुस्त बनाई निर्धारण गरिएका लक्ष्य हासिल गर्न कार्य सम्पादन सम्झौता गर्दै आएको छ ।

जसमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख बीच कार्यसम्पादन सम्झौता हुनु पर्ने छ । सम्झौतामा वर्षभरी संचालन हुने विनियोजित कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा अपेक्षित उपलब्धी हासिलका लागि कर्तव्य निष्ट भएर काम गर्नुपर्ने विषयलाई जोड दिइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार विगतदेखी हुदै आएको कार्यसम्पादन सम्झौताको यस वर्ष पनि निरन्तरता दिइएको छ ।

३६ बुँदामा आधारित कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयको निर्देशन अनुसार करार अनिवार्य भएकाले सम्झौता गरिएको हो । जनताको काम ढिलासुस्ती नगरी समयमै सक्ने, योजना कार्यान्वयनमा चाँडो र प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता रहेको अध्यक्ष चौलागाँईको भनाइ छ ।

यस कार्यसम्पादन करारले पालिकाभित्र सेवा प्रवाहलाई थप जिम्मेवार, नतिजामूलक र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस