जुम्ला – तातोपानी गाउँपालिका जुम्लामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको संयूक्त अनुगमन गरिएको छ ।
पालिकासँगको सहकार्यमा सेफ द चिल्डेन, किर्डाक नेपाल जुम्लाले सञ्चालन गरिएको सहयात्रा तेस्रो परियोजना अन्र्तगत विभिन्न कार्यक्रमको संयूक्त अनुगमन गरिएको हो । पालिका भित्रका ८ वटै वडाका समुदाय, विद्यालय र स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालन रहेको शिक्षा संयोजक ख्यामराज लामिछानेले बताए ।
स्थानीय तहमा शिक्षा, बालअधिकार तथा संरक्षण, मातृ, नवजात शिशु स्वास्थ्य, जलवायू परिवर्तनका क्षेत्रमा सञ्चालित क्रियाकलापको संयूक्त अनुगमन गरिएको हो । तातोपानी गाउँपालिका – २ सुन्दर गाउँमा कृषि समुह, विद्यालय, किशोरी क्लव, बालक्लवसँग अन्तरक्रियात्मक छलफल गरी अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा सुन्दर गाउँका कृषि समुहकी पार्वती हमालले टमाटर खेती गरेर आम्दानी गरेको बताएकी छन् । उनले भनिन् जेठ महिनामै टमाटर उत्पादन गर्न सकिएन । अहिले साउनको पहिलो सातादेखि टमाटर विक्रीवितरण गर्न मुस्किल भएको छ । बजारीकरणको समस्या देखिएको छ ।

दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीका अनुसार सहयात्रा कार्यक्रमले कक्षा कोठा व्यवस्थापन हुदा सहज भएको छ । उनले भने, भौतिक संरचना पनि निर्माण हुदै गएका छन् । पछिल्लो समयमा शिक्षण सिकाईमा पनि सहज हुदै आएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार भौतिक संरचनासँगसँगै स्वास्थ्य शिक्षा जस्ता सामाजिक विकासमा पनि पालिकाले प्रथामिकता राख्दै आएको छ । उनले भने, गाउँ समुदायमा देखिएका साना साना काम पनि गर्दै आएका छौँ । पालिका सहयात्रा परियोजनासहित अन्य गैरसरकारी संघ संस्थासँग सहकार्य गर्दै काम गर्दै आएका छौँ ।

कर्णाली प्रदेश सांसद देवेन्द्र बहादुर शाहीका अनुसार देशमा तीन तहको सरकार रहेको छ । सरकारका भौतिक संरचना र सामाजिक विकास निर्माण कामहरु परिपुरण गर्नका दातृ निकायले पनि काम गर्दै आएका छन् । नागरिकको आयआर्जनमा गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन् ।
अपांगता बालबालिकाको घरमै स्कुल



