जुम्ला । नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज तथा स्थायी कमिटी सदस्य गाेरख बहादुर बाेगटीले एमालेकाे नेतृत्वमा केपी ओलीकाे विकल्प नरहेकाे बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने स्वघाेषणापछि विभिन्न तहमा चर्चा भएपनि एमालेकाे नेतृत्वमा केपी ओली शर्मा ओलीकाे विकल्प अरु काेही नहुने ईन्चार्ज बाेगटीले ठाेकुवा गरेका हुन् ।
आगामी २०८४ सम्मै केपी ओेलीकै नेतृत्व स्वीकार गर्न पार्टीका सबै पंक्ति तयार रहेकाे अबस्थामा एमालेकाे नेतृतब गर्ने अभिभारा ओली लाईनै छ ।
पुर्वराष्ट्रपती बिद्यादेवी भण्डारीले केही समय अघि पार्टीको सकृय राजनीतिमा आएको स्वघाेषणा गरेको बिषयले केही समयदेखी हाम्रो पार्टी नेकपा(एमाले) को पङ्तिमा र बाहिर पनि नानाथरीका कुराको चर्चा एवम् परिचर्चा हुने गरेको थियो ।
त्यतिमात्र नभएर पुर्वराष्ट्रपि स्वयंले व्यक्त गरेका पछिल्ला विचार र उहाँको पक्षपोषण गर्ने नाउँमा केही अन्य ब्यक्तिले ब्यक्त गरेका बिचारले पुर्वराष्ट्रपति सकृय राजनीतिमा आउने भनेकै पार्टीको अध्यक्ष बन्न आउने हो भन्ने तहसम्मका बिचार बजारमा आउन थालेपछि पार्टी पङ्तिमासमेत केही अन्योलता एवम् अस्वस्थता सिर्जना हुन थालेको थियो ।
यो बिषयका बारेमा हाम्रो पार्टीको बैधानिक ब्यवस्था अनुसार राष्ट्रिय महाधिवेशन र राष्ट्रिय प्रतिनिधि परिषद पछिको सर्वोच्च निकाय केन्द्रीय कमिटीको यही साउन ६ गते सम्पन्न भएको बैठकले गरेको ऐतिहासिक निर्णय अनुसार नेपालको संविधानको व्यवस्था ,यसको मर्म र भावनाको अन्तर्वस्तुमा आधारित भएर पुर्वराष्ट्रपति पार्टीको सकृय राजनीतिमा आउन उचित नहुने बिषयका बारेमा सुझबुझपुर्ण तरिकाले संस्थागत निर्णय गरेर सार्वजनिक भैसकेको ईन्चार्ज बाेगटीले उल्लेख गरे ।
यो निर्णय केवल नेकपा(एमाले) को मात्र र राजनीतिमा आउने बाटो छेक्नका लागि थिएन । त्यसैले पनि पार्टीको निर्णयलाई नेकपा (एमाले) का आम कर्याकर्ता एवम् शुभचिन्तक, अधिकाङ्श बौद्धिक जगत एवम् नेपाली जनताले सकारात्मक रुपमा लिएको पाइन्छ ।
अब हाम्रो पार्टीका सबै तहका कमिटीहरु तथा आम कार्यकर्ताहरुले पार्टीको निर्णयको पक्षमा दृढ्तापुर्वक उभिएर आआफ्नो ठाउँमा लागु गर्नेगराउने मुख्य दायित्व रहेको कुरालाइ आत्मसात गर्नुपर्दछ ।
यसको साथसाथै निकट भविष्यमा हुनगैरहेको बिधान महाधिवेशनबाट पार्टीको बिधि र नीतिलाई थप ब्यवस्थित एवम् ब्यावहारिक बनाउनका लागि हामी सबैले संस्थागत एवम् ब्यक्तिगत सुझाव र सल्लाह दिएर पार्टीलाई सहयोग गर्नुपर्ने हाम्रो तत्कालको मुख्य अबिभारा रहेको छ ।
यो आधारमा हामी सबैजना विधि र नीतिका सवालमा केन्दृत हुनुपर्ने स्पष्ट छ । तरपनी आन्तरिक र बाह्य अन्य विभिन्न कारणले पार्टीको आगामी नेतृत्वको समेत बहस गर्नैपर्ने परिस्थिति सिर्जना भएकोले हालै सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा यो बिषयले पनि प्रवेश पाउनुपर्ने कुरा स्वभाविक थियो ।
जसअनुसार बैठकमा बिचार व्यक्त गरेका अधिकांस सदस्यहरुले आगामी मिशन ८४ सम्मै बर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलेनै नेतृत्व गर्नुपर्ने कुराको उदघोष गरीसकेका छौं ।
उनले भने,’जो वास्तविकता र यथार्थता पनि हो । किनकी नेतृत्वको बिषय उमेरले किटान गर्नसक्ने प्राविधिक बिषय मात्र होइन । यो त, योग्यता, क्षमता, अनुभव, कृयाशिलता, आवश्यकता एवम् स्वीकार्यताको आधारमा किटान गर्ने बिषय हो । यी सबै गुण हाम्रो पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओली संग विद्यमान छन् ।’
अत: हाम्रो पार्टीको नेतृत्वको विकल्प खोज्नु भनेको पार्टीलाई कमजोर बनाउने तथा निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने पार्टीको महान लक्ष्यमा तुसारापात गर्नु हो ।
बिगतदेखी हालसम्म पार्टीलाई यो तहसम्म ल्याइपुर्याउन खेलेको ऐतिहासिक भुमिका र देश र जनताको लागि गर्दै आएको योगदानलाई लिएर केपी ओलीलाइ पार्टी पङ्तिले मात्र होइन देशदुनियाले नजिकबाट चिनिसकेकाले उहाँको बारेमा धेरै भनिरहनु पर्ने अवस्था छैन ।
यो सबै पृष्ठभूमिमा अर्को बिशेष परिस्थिति सिर्जना नभएसम्म नेकपा(एमाले) मा केपी ओलीको बिकल्प केपी ओलिनै हुन् भन्दा अत्युक्ति नहोला …



