तरुण दल जुम्लाको अध्यक्ष पदमा रस्साकस्सी

जुम्ला – नेपाल तरूण दल जिल्ला कार्य समिति जुम्लाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन भएको छ । नेपाली कांग्रेसकी सह महामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो ।


तरुद दलको जिल्ला अध्यक्ष पदमा रस्साकस्सी हुने देखिएको छ । अध्यक्ष पदका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार आकांक्षी हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्दी शाही, रतन शाही, जंग रोकाया, अंगराज चौलागाई, विकास शाही, भरत शाही, गणेश मल्ललगायतका व्यक्तिहरु रहेका छन् । करिव दर्जन जना व्यक्तिहरु अध्यक्ष पदका उम्मेदवारी पदका उम्मेदवारी भएकोले अधिवेशन रस्साकस्सी हुने देखिएको तरण दलका केन्द्रीय सदस्य डिल्लीराज हमालले बताए ।


नेपाल तरूण दल जिल्ला कार्य समिति जुम्लाका प्रतिनिधि रतन शाहीले कार्यक्रममा उपस्थित सबै नेपाली कांग्रेस शुभेच्छुक प्रति स्वागत गर्दै उनका पछिल्लो समयमा नेपाली कांग्रेस प्रति हेर्ने नजरको फरक तवर रहेको बताए । उनले भने, यसमा हामी सबैको एक आपसका मिलेर नेपाली कांग्रेसको जगलाई बलियो बनाउन आवश्यक रहेको छ ।


कांग्रेस नेत्री रामदेवि खड्काले माओबादी, नेकपा एमालेले हेपेको हामीले देखिरहेका छौँ । तर यस्तो हुन नदिनका लागि हामी एक आपसमा मिलेर जानू पर्ने बताइन् । उनले भनिन् पछिल्लो राजनितीक परिवेशलाई हेर्दा नेपाली कांग्रेस प्रतिको आस र भरोसा मरेकाले यसलाई बचाइ राख्न केन्द्र देखि जिल्ला तवर सम्म बलियो बनाउन आवश्यक छ । नेता गणहरू केन्द्रमा बसेर नहुने भएकाले पार्टी बलियो बनाउनका लागि जनताका घर दैलोमा जानुपर्ने पर्ने उनले बताइन् ।

प्रकाशित मिति : २०८२ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस