जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्ला कार्य सम्पादनमा उत्कृष्ट हुदैँ प्रथम हुन सफल भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित वार्षिक कार्यक्रमहरु सम्पादन उत्कृष्ट रुपमा गरेकोमा पूर्वाधार विकास कार्यालय जुम्ला प्रथम भएको हो ।
शुक्रबार सुर्खेतमा आयोजित गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा कर्णालीका १० वटा जिल्ला मध्य जुम्ला कार्य सम्पादनमा उत्कृष्ट भएपछि मुख्यमन्त्री यामलाल कँडेलले सम्मान पत्र प्रदान गरेका छन् ।
पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख लालचन्द्र उपाध्यायले मुख्यमन्त्री कार्य सम्पादनमा उत्कृष्ट भएकोमा सम्मान पाउँदा खुसी अनुभुति भएको बताए । उनले मुख्यमन्त्रीबाट सम्मान पाउँदा आगामी दिनमा थप जिम्मेवारी पूर्ण रुपमा काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे ।
जुम्ला पूर्वाधार विकास कार्यालयमा प्रमुखका रुपमा प्रभाकर प्रसाद सिंह, लगायत धर्मराज रावल,दत्त बहादुर बुढ्थापा लगायतका दक्ष जनशक्तिले कार्यालय हाकिरहेका छन् ।
जसले गर्दा विनियोजित कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन भईरहेको छ । यदपी पूर्वाधार विकास कार्यालयमा सबैभन्दा कम बजेट विनियोजन हुने गरेको छ । ्साथै पूर्वाधार विकास कार्यालय सल्यान पनि कार्य सम्पादनमा उत्कृष्ट भएको छ ।



