जुम्ला । सिंजाका संजीव रावलकाे अध्यक्षतामा नेपाल तरुण दल जुम्लाकाे समानन्तर समिति गठन गरिएकाे छ । निर्वाचन नगराएरै निर्वाचन समितिले नयाँ कार्य समिति घाेषणा गरेपछि अध्यक्षका पाँच जना आकाक्षीले प्रेस विज्ञप्ती मार्फत विराेध जनाएका थिए ।
केही समयमै अध्यक्षका उम्मेदवार समेत रहेका संजीव रावलकाे अध्यक्षतामा सदस्यीय समानन्तर समिति गठन गरेका हुन् ।
जसकाे उपाध्यक्षमा गाेपाल बाेहाेरा र शेर रावत सचिवमा गणेश मल्ल,काेषाध्यक्षमा जरमकला राेकाया रहेका छन् । भने सह-सचिवमा कमल बाेहारा चयन भएका छन् ।
त्यसैगरी अर्का अध्यक्षका उम्मेदवार ताताेपानीका विरेन्द्र शाही पनि समानन्तर समितिकाे पार्षदमा चयन भएका छन् ।
निर्वाचन नगराएर केही व्यक्ति र समुहकाे गलत मनसायले एक लाैटी रुपमा नयाँ कार्य समिति र महाधिवेशन प्रतिनिधि छनाेट गरेकाे समानन्तर कमिटीकाे आराेप छ
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार



