प्रथम राष्ट्रिय कोदो दिवसमा जुम्लाकाे हाँकु सामुदायिक बीउ बैंक सम्मानित

जुम्ला । सरकारले पहिलाे पटक मनाएकाे काेदाे दिवसका अबसरमा जुम्लाकाे हाँकु सामुदायिक बीउ बैंकलाई सम्मान गरिएकाे छ । शुक्रबार दिवसका अबसरमा आयाेजित एक कार्यक्रमका बीच कृषि मन्त्री मार्फत बीउ बैंकलाई सम्मान गरिएकाे हाे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसाेसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा आयाेजित काेदाे दिवसकाे अबसरमा कृषिमन्त्री रामनाथ अधिकारीले हाँकु बीउ बैंकका अध्यक्ष कविता जैसीलाई नगद १५ हजार सहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

जुम्लामा रहेर राताे काेदाे प्रवर्धन तथा कर्णालीमा उपलब्ध काेदाेका बिउहरू संरक्षण गर्ने बीउ बैंकका अध्यक्ष जाैसीलाई पुरस्कृत तथा सम्मान गरिएकाे छ ।

हाँकु सामुदायिक बीउ बैंकले लीबर्ड, राष्ट्रिय जीन बैंक, वायोभर्सीटी लगायतका संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा २०७७ सालमा जुम्ला जिल्लामा व्यापक खेती गरिने रातो कोदो राष्ट्रिय बीउ विजन समितिमा दर्ता गरी त्यसको निरन्तर बीउ उत्पादन तथा प्रवर्द्धन कार्यमा योगदान गरे वापत नेपालद्रारा पुरस्कृत भएको हाँकु सामुदायिक बीउ बैंककी अध्यक्ष कविता जैसी( पराजुली ) ले बताइन् ।

हाँकु सामुदायिक बीउ बैंकले तातोपानी गाउँपालिका- ४,५ र ६ का १० वटा सामुदायिक बिद्यालयमा अर्गानिक दिवा खाजा खुवाउदै आएको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस