जुम्ला । नेकपा(एमाले)को सिद्धान्त,विचार,नीति,कार्यक्रम, व्यबहार र नेतृत्व सही सावितहुँदै गरेको कारणलेनै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न सफल भएको हो ।
पार्टी भित्रैका केही व्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्वाकांक्षा,पदलोभ तथा व्यक्तिगत स्वार्थमा लिफ्त हुँदा पार्टीले बेला बेला नाेक्सानी व्यहाेरिरहेकाे छ ।
पार्टी भित्र व्यक्तिबादी भएर रिष, आवेग पाेख्दै,उक्साहटमा विराेध गर्ने,तथ्य नबुझ्ने केही पंक्तीकै हरुकै परिणाम स्वरूप एमालेले पटक पटक फुट तथा बिभाजनको पीडा पनि भोग्दै आउनु परेको तथ्य हामी सबैलाई जगजाहेर भएकै बिषय हो ।
फुट र बिभाजनका कारण क्षेणिक समय पार्टीले र सिङ्गो देशले केही नोक्सानी ब्यहोर्नु परेको भएता पनि पार्टीको इतिहासमा पार्टी बिभाजनको यो गलत कार्य कहिल्यै पनि सत्य सावित हुन सकेको छैन ।
पार्टी विभाजन गलत हाे भन्ने कुरा विस्तारै सत्य सावित हुदै गएकाे छ । एकै पार्टीमा रहेर पार्टीकाे आन्तरिक लाेकतन्त्र सुदृढीकरणका लागि विद्राेह गर्नु र विभाजमनै भएर छुट्टिनुमा धेरै भिनन्ता छ ।
नेकपा(एमाले) लाई फुटाएर बैकल्पिक शक्ति निर्माण गर्ने दिवा सपना देखेर पार्टीलाई फुटाउन गरिएका गलत हर्कत कहिल्यै पनि सही सावित हुन सकेको अवस्था छैन ।
हिजो पार्टीको शीर्ष स्थानमा रहिसकेका केही नेताहरु पार्टी बिभाजनको बहकाउमा लागेर बाहिरिएका मध्येका केही नेताका हिजो आजका अभिव्यक्तिबाट पनि पार्टी फुटाउनु गलत कार्य भएको र सो कार्यले आफू पश्चातापमा भएको अभिव्यक्ति दिने गरेका घट्नाबाट पनि पार्टी विभाजन गलत थियाे भन्ने पृष्टी हुँदै छ ।
हुनपनी बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छानामुनी बस्ने काम कदापि पनि उचित हुने कुरा पनि त हाेईन । गलत बाटोको रोजाइको परिणाम अन्ततः गलत ठाउँमानै पुग्नुपर्ने थियो र जो भयो पनि ।
हिजो विभिन्न कारणले एमालेबाट बाहिरिएका हजारौं कार्यकर्ताहरु पुनः एमालेमा सामेल भै पार्टी अभियानमा जुटीसक्नु भएको छ भने यो क्रम देशब्यापी रूपमा जारीनै रहेको पाइन्छ,याे पार्टी र समग्र कार्यकर्ताका निम्ति सुखद पक्ष हाे ।
देशमा आर्थिक समृद्वी,विकास निर्माण,सुशासन न्याय तथा समग्र राष्टकाे उन्नतिका निम्ती सबै मिलेर एमालेलाई बलियाे राष्टि्य शक्ति बनाउनुकाे विकल्प छैन् । यसमा वडादेखी केन्द्रसम्मका नेता कार्यकर्ता व्यक्तिगत स्वार्थभन्दा पार्टीकाे हित र जनताकाे हितका लागि खटिन जरुरी देखिएकाे छ ।
समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा एसफल पार्नका लागि हाल राष्ट्रिय शक्तिको रुपमा स्थापित नेकपा(एमाले) लाई आगामी दिनमा निर्णायक राष्ट्रिय सक्तिको रूपमा स्थापित गर्न अपरिहार्य छ ।
यसका लागि नेकपा(एमाले) अझै सुदृढ हुन र अन्य वामपन्थी शक्ति एवम् ब्यक्तिलाइ एमालेमा समाहित गराउन बिशेष ध्यान दिन आबश्यक छ ।



