जुम्ला । नेपाल सरकारले बहुविवाहलाई वैधानिकता दिन खोजेको भन्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जुम्लाले ध्यानर्कषण गराएको छ । कानुन संशोधन गरेर बहुविवाह गर्न पाउने कानुन बन्दै गरेको विषय गलत भएको भन्दै सोमबार जुम्लाका प्रमुख जिल्ला अधिकारी अनेमसंघ जुम्लाले ध्यानर्कषण बुझाएको हो ।
नेपाल सरकार कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको र २०७५ भाद्र १ देखि पुर्णरुपमा निषेध गरिएको बहुविवाहलाई निश्चत परिस्थीतिमा बहुविवाह गर्न पाउने गरी कानुन ल्याउन लागेको प्रति विशेष अनेमसंघ क्रान्तिकारीको गम्भीर ध्यानर्कषण भएको नेकपा माओबादी केन्द्रका सहईन्चार्ज गोमा कुँवरले बताईन् ।
उनले भनिन,‘बहुविवाह गर्न पाउने कानुन बन्नु भनेको महिला माथिको हिंसा बढ्नु हो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवाह अपराध मानेको अबस्थामा फेरी बहुविवाहलाई प्रोसय दिनु राम्रो होईन भन्ने अनेमसंघको ठम्याई छ । त्यसैले हामीले विरोध गरेका हौँ ।’
अनेमसंघका ईन्चार्ज लक्ष्मीकन्या बुढा र अध्यक्ष हिमाली धितालद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा भनिएको छ,‘उक्त कानुनको मसौदामा भएको व्यवस्थाले महिलाहरुलाई अझै असमानता उत्पीडनमा पार्ने र महिला हिंसा बढाउने देखिन्छ। यो प्रावधान नेपालको संविधानको मर्म र भावना विपरीत छ । नेपालको कानुनले पहिले देखिनै बहुविवाहलाई अपराध मानेको छ। अहिले आएर यसलाई वैधानीकता दिन खोज्नु प्रतिगामी कदम हो। यो महिलाको आत्मसम्मान र गरिमा माथीको ठुलो प्रहार हो। कुनैपनि अवस्थामा यो प्रावधानलाई स्वीकार गर्न सकिदैन ।’
त्यस्तै ध्यानर्कषण पत्रमा नेपाल सरकार र कानुन मन्त्रालयलाई यो प्रतिगामी प्रावधान तत्काल खारेज गर्न जोडदार माग गर्दछौ । नेपालको कानुन लैगिक समानता र न्यायको पक्षमा हुनुपर्दछ । त्यसैले आम महिलालाई अन्याय हुनेगरी ल्याउन लागीएको बहुविवाह सम्बन्धी मस्यौदा खारेज नहुदा सम्म हाम्रो संगठन निरन्तर संघर्षमा लागि रहने उल्लेख छ ।
अनेम संघ (क्रान्तिकारी) ले आफ्नो स्थापनाकाल देखिनै वहुविवाह नामको कथित प्रथाले महिला बालवालीका र समग्र समाजमा पार्ने नगरात्मक प्रभाव लाई महसुस गरी यसको विरुद्धमा हाम्रो संगठन निरन्तर संघर्ष गर्दै आएको छ । अझै वहुविवाह नामको कथित कुप्रथा सम्बन्धी मस्यौदा खारेज नभए सम्म जस्तोसुकै संघर्ष गर्नपनि हाम्रो संगठन तयार रहेको कुरा अनेमसंघले जानकारी गराएको छ ।



