जुम्ला । डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन २० गते, दिउँसो ६:०६ बजे डोल्पास्थित ठूली भेरी, त्रिपुराकोट जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह समेेत गरिएकाे छ ।
प्रकाशित मिति : २०८२ साउन २२ गते मङ्गलवार



