पहिराेले कर्णाली राजमार्ग अबरुद्व

जुम्ला । अविरल वर्षापछि पहिराे खसेपछि कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत ताताेपानी गाउँपालिका वडा नं १ स्थित राँका र बाईराँकाे बीचमा पहिराे खसेपछि सडक अबरुद्व भएकाे हाे ।

ढुंगा सहितकाे सुक्खा पहिराे खसेपछि सडक अबरुद्व भएकाे छ । सडक डिभिजन जुम्लाका सूचना अधिकारी प्रदिप चाैधरीले राँका ठुला ढुंगा सहितकाे पहिराे खसेर सडक अबरुद्व भएकाे बताए ।

उनका अनुसार पहिराे पन्छाउनका लागि कालिकाेटकाे गाल्जेबाट जुम्ला तर्फ आउँदै छ । जुम्ला बजारमा रहेकाे डाेजरले,यतैकाे फाेहाेर सफा गरिरहेकाे छ । उनले भने,’कालिकाेटकाे गाल्जेमा रहेकाे ठुलाे स्काभेटर लाई खबर गरिसकेका छाै । केही घण्टामा सडक खुल्छ ।’

प्रकाशित मिति : २०८२ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस