जुम्ला । तातोपानी गाउँपालिकामा शिक्षकहरुको पेशागत विकास सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । तातोपानीका २९ मध्य २७ सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको दुई दिने तालिम शुक्रबार सम्पन्न भएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोग किर्डाक नेपालको आयोजना र तातोपानी गाउँपालिकाको समन्वय र सहकार्यमा आयोजित तालिममा शिक्षकहरुलाई सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधारका विभित पक्षमा जानकारी गराइएको छ ।
साथै दुई दिने तालिममा बाट शिक्षाकहरुले आफ्नो पेशागत विकासका लागि आगामी कार्ययोजना समेत निर्माण गरेका छन् ।
भने, तातोपानी गाँउपालिका शिक्षकको पेशागत सहयोग र विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ निर्माणको लागि मस्यौदा समिति समेत गठन गरिएको सहयात्रा तेस्रो (शिक्षा) परियोजना संयोजक ख्यामराज लामिछानेले बताए ।
उनका अनुसार उक्त समिती बाट तातोपानी गाँउपालिकाको शिक्षा समितिको अगामी बैठकमा मस्यौदा तयार पारी आगामी बैठकमा पेश गर्ने निर्णय भएको छ । तातोपानी गाँउपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय समिति पनि गठन गरिएको छ ।
दुर्गा मावि लाम्राका प्रधानाध्यापक प्रेम बहादुर शाहीले शिक्षकको पेशागत विकास र विद्यालयको शैक्षिक अबस्था सुधारका निम्ती तालिमबाट धेरै नयाँ कुरा थाहा भएको बताए । तालिममा सिकेका कुराहरु थोरै भएपनि विद्यालयमा कार्यान्वयन भएमा सुधार देखिने उनको भनाई छ । तालिममा सिकेका कुरा तालिममै सिमित हुने परिपाटीले परिणाम नदेखिने समस्या विद्यमान छ । यदपी, तातोपानीका शिक्षकहरुले त्यस्तो परिपाटीलाई तोड्ने प्रयास गरेका छन् ।

यस्तै तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले पालिकाका २९ वटै समुदायिक विद्यालयको शैक्षिक,प्रशासनिक तथा भौतिक विकास र शिक्षामा सुधार ल्याउन परियोजना र पालिका सँगसँगै अघि बढ्नु पर्ने बताए ।
सहयात्रा तेस्रो परियोजना संयोजक (शिक्षा) ख्याम राज लामिछानेले तातोपानीका समुदायीक विद्यालय सुधार,शिक्षकको क्षामता विकासका लागि निरन्तर विभिन्न कार्यक्रम संचालन हुने उल्लेख गरे । दुई दिने तालिममा तातोपानी गाउँपालिकाका २७ जना शिक्षकको सहभागिता रहेको थियो । स्थानीय सरकारको क्षमता वृद्धि गर्न, शिक्षकहरूको व्यावसायिक विकास योजना तयार पार्न र कार्यान्वयन गर्न सक्षम शिक्षकको साझा दृष्टिकोणअनुसार



