उद्घाटन भएकाे २ वर्षपछि जुम्लामा डायलासिस सेवा सुरु, दुर्गमका विरामीलाई राहत

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरु भएकाे छ ।  मृगा‌ैला राेगीका लागि निकै महत्वपूर्ण र अत्याआश्यक मानिने डायलासिस सेवा जुम्लामै सुरु भएकाे हाे ।

डायलासिस मेसिन स्थापना तथा उद्घाटन भएकाे दुई वर्षपछि सेवा पूर्ण रुपमा संचालन आएकाे छ । जसले गर्दा विकट कर्णालीका नागरिकले राहत पाएका छन् ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले जुम्लामा २०८० साल भदाै १४ गते डायलासिस सेवाकाे शुभारम्भ गरेका थिए ।

तर उपकरण अभाव लगायतका प्राविधिक कारणले सेवा संचालनमा आउन सकेकाे थिएन् । जसले गर्दा कर्णाली थुप्रै विरामी मारमा परेका थिए । स्वच्छ पानीकाे पहुँच प्रयाप्त रुपमा नपुगेकाे कर्णालीमा मृगाैलाका विरामीकाे संख्या उल्लेखीय छ ।

पश्चिम नेपालकै भराेसा केन्द्रका रुपमा स्थापति कर्णाली प्रतिष्ठानमा उद्घाटन भएपनि डायलासिस सेवा नपाउँदा स्थानीय नागरिक महंगाे खर्च गरेर नेपालगन्ज काठमान्डाैँ जान बाध्य थिए ।

तर उद्घाटन् भएकाे दुईवर्षपछि भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु भएकाे प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन राेकायाले बताए । कर्णालीका लागि डायलासिस सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धी हाे ।

यसकाे व्यवस्थापन र निरन्तर सेवा प्रदानमा हामी गम्भीर छाै । उनले भने,’हाल दुई वटा मेसिन मार्फत सेवा सुरु गरेका छाै ।
बिरामीको संख्या बढ्दै जाने अनुमान भएकाले थप चारवटा मेसिन तयारी अवस्थामा राखिएका छन् ।’

मुगु बियारले पाईन पहिलाे सेवा
उद्घाटन भएकाे दुई वर्षपछि सुरु भएकाे डायलासिस सेवा पहिलाे पटक मुगुकी एक महिलाले पाएकी छन् । मुगु खत्याड गाउँपालिका वडा नं २ कि जिरकला बियारलाई पहिलाे पटक डायलासिस सेवा प्रदान गरिएकाे हाे ।

विगतमा यही सेवाका लागि जहाज चार्टर गरेर महंगाे खर्च गरेर नेपालगन्ज काठ्मान्डाै पुग्ने नागरिकले अब जुम्लामै सेवा पाएपछि राहत महसुश गरेका छन् ।

जिरकला बियारका आफन्त भन्छन,’हामीले जुम्लामा मृगाैलाकाे उपचार हुन्नकी साेचेका थियाै । आर्थिक अभाव थियाे । कसरी उपचार गर्ने तनाव थियाे । तर जुम्लाकै मृगाैलाकाे डायलासिस जुम्लामै भएपछि ठुलाे राहत पाएका छाै । यस्ताे सेवालाई निरन्तरता दिनु पर्छ ।’

विगतमा ओैषधी मुलाे राम्राे नपाईने कर्णालीमा अहिले डायलासिस जस्ता ठुलाे सेवा सुरु हुनु खुसीकाे कुरा भएकाे जुम्लाबासीले बताएका छन् ।

डाक्टर पुजन राेकाया उपकुलपतिमा भर्खर नियुक्त भएका छन् । उनी नियुक्त भए लगत्तै महत्वपूर्ण सेवा डायलासिस सुरु भएपछि उनकाे ‘ईनिङ’ लाई सुखद रुपमा समेत लिईएकाे छ ।

अब कर्णाली प्रदेश सहित पश्चिम नेपालका नागरिक मृगाैलाकाे डायलासिसका लागि महंगाे खर्च गरेर बाहिर जानू पर्ने छैन् । भने सेवा नपाएर कर्णाली बासीले अकालमै मृत्युवरण पनि गर्नु पर्ने छैन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ डाईरेक्टर सविना थापाले डायलासिस सेवाले कर्णालीबासीले राहत पाउनुका साथै ठुलाे धनरासी बचत हुने बताईन् ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस