कर्णाली प्रदेश ‘समावेशी पत्रकारिता पुरस्कार’ बाट नाैरते नेपाली पुरस्कृत

जुम्ला । पत्रकार नाैरते नेपाली प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले यसै वर्षबाट प्रदान गरेकाे “कर्णाली समावेशी पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका हुन् ।

कर्णाली प्रदेश सरकारले यश वर्षबाटै प्रदान गरेकाे ३५ हजार राशीकाे कर्णाली समावेशी पत्रकारिता पुरस्कार जुम्लाका पत्रकार नाैरते नेपालीले प्राप्त गरेका हुन् ।

बुधबार आयाेजित प्रदेश स्थापना तथा सहिद दिवसकाे अबसरमा पत्रकार नेपालीलाई पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जाेशी र मुख्यमन्त्री यामलाल कँडेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

करिब डेढ दशक लामाे समयदेखी पत्रकारितामा क्रियाशील रहेका नेपाली हाल रेडियाे कर्णाली जुम्लाकाे कार्यक्रम संयाेजक तथा गाेरखा पत्र दैनिककाे जुम्ला संवाददाता समेत हुन् ।

गुठिचाैर गाउँपालिका वडा नं ५ देपालगाउँ स्थायी ठेगाना भएका पत्रकार नेपालीले पत्रकारिता मार्फत सामाजिक रुपान्तरण, जनतालाई सुसुचित गर्ने, तथा सुशासन तथा विकासका सवालमा निरन्तर खबरदारी गर्दै आएका छन् ।

प्रदेश स्थापना तथा सहिद दिवसका अबसरमा पत्रकारिता मार्फत कर्णालीकाे विकास,समृद्वी र नागरिकलाई सुसुचित गराउन महत्ववूर्ण भुमिका निर्वाह गरेकाेमा पत्रकार नेपाली पुरस्कृत भएका हुन ।

जीवनकाे करिब डेढ दशक बढी समय निरन्तर पत्रकारितामै खर्चिएका पत्रकार नाैरते नेपाली भन्छन,’पुरस्कृत हुँदा खुसी छु । प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु याे समग्र क्रियाशील पत्रकारहरुकाे सम्मान हाे । याे पुरस्कारले मलाई पेशा प्रति थप जिम्मेवारी थपेकाे छ । अझै जिम्मेवारी पूर्ण पत्रकारिता गर्ने प्रेरणा मिलेकाे छ ।’

पत्रकार नेपाली अहिले नेपाल पत्रकार महासंघ जुम्लाकाे उपाध्यक्ष समेत छन् । जिल्लाका सम्पुर्ण क्रियाशील पत्रकारहरुकाे पेशागत सुरक्षा र वकालत गर्ने काम गर्दै आएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस