
जुम्ला । समयकाे विकास संगै खाना पकाउने एलपी ग्याँसकाे प्रयाेग बढ्दाे छ । खाना पकाउने ग्याँसकाे प्रयाेगले वन संरक्षण तथा वातावरण प्रर्वद्वनमा उल्लेखीय भूमिका निर्वाह गरेकाे छ । तर जाेखिम पनि उतिकै रुपमा बढेकाे छ ।
ग्याँस लिक भएकाे खण्डमा,आगलागी भएमा के कसरी नियन्त्रण गर्ने र विपद् जाेखिम घटाउने विषयमा धेरैमा ज्ञानकाे अभाव देखिन्छ ।
ग्याँसकाे सहि सदुपयाेग तथा अपरझट निम्तीने विपद्ब न्युनिकरणका लागि नागरिकलाई सचेत बनाउन सिंजा गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि कृतिम घटना अभ्यास गरिएकाे छ ।

सिंजा गाउँपालिका, कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुत आयोजनामा सिंजामा बिपद ब्यवस्थापन सम्बन्धि कृतिम अभ्यास गरिएको हाे ।
जसमा आगलागी नियन्त्रण, कम्बल, हातले नियन्त्रण, बाल्टी घोप्त्टायेर भिर बात सुरक्षित अवतरण, खोला करसिन, भुकम्प सुरक्षा बारे अभ्यास गरिएको थियो ।
ग्याँस लिक भएर हुन सक्ने आगाे नियन्त्रणका लागि समेत नागरिककाे सहभागितामा अभ्यास गरिएकाे पेश नेपालका परियाेजना संयाेजक हेमराज भट्टले बताए । उनका अनुसार कृतिम घटना अभ्यासले नागरिकमा विपद्बबाट जाेगिने,सुरक्षित हुने चेतकाे विकास भएकाे छ ।
कृतिम घटना अभ्यासमा स्थानीय बिपद ब्यवस्थापन समिती, वडा बिपद ब्यवस्थापन समिती,समुदाय स्तरिय बिपद ब्यवस्थापन समिती, बिपद कार्यदल, बाल क्लब, बिद्यालयका बिद्यार्थी, समुदायको सहभागी रहेको थियो !