तिला-८ लाई बालमैत्री र पाेषणमैत्री वडा घाेषणा गरिदैँ

जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नं ८ बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणाकाे तयारी अघि बढेकाे छ । गाउँपालिकाले लिएकाे लक्ष्यनुसार ८ नम्बर वडालाई बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणा गर्न लागिएकाे हाे ।

तिला गाउँपालिका र किर्डाक नेपालकाे साझेदारीमा ८ नम्वर वडालाई बालमैत्री र पाेषणमैत्री बनाउन विभिन्न गतिविधि संचालन गरिएकाे थियाे ।

स्थानीय सचेतसंगै ताेकिएका सूचक सबै पूरा भएपछि बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणा पक्का भएकाे हाे । घाेषणा पूर्वकाे अन्तिम अनुगमन शुक्रबार गरिएकाे छ ।

तिला-८ मा पर्ने पुरु र जुम्लाकाेट गाउँकाे विद्यालय, स्वास्थ्य चाैकी, जुम्लाकाे विद्यालय,स्थानीय नागरिक,बालक्लब लगायतका सराेकारवाला संग शुक्रबार व्यापक छलफल समेत गरिएकाे छ । छलफलमा सूचक माथि गहन रुपमा छलफल गरिएकाे थियाे ।

सर्वपक्षिय छलफलबाट नागरिकहरुले केही सुधार गर्नु पर्ने पक्ष बाँकि रहेपनि सुधार गर्ने र स्वास्थ्य, शिक्षा, पाेषण, बालविकास, संरक्षण, लगायत सबै सूचक पूरा भएकाले बालमैत्री र पाेषणमैत्री वडा घाेषणाका लागि तयार रहेकाे स्थानीयले बताएका छन् ।

सूचक पूरा हुनुका साथै, स्थानीयहरु पनि दत्त चित्त भएर घाेषणा गर्ने र कार्यान्वयनमा पनि ध्यानदिने बाचा गरेसंगै तिला-८ लाई बालमैत्री र पाेषणमैत्री घाेषणा गर्ने निर्णय भएकाे हाे ।

आगामी भदाै २५ गतेका दिन तिला-८ लाई बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणा गर्ने निर्णय भएकाे किर्डाक नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापाले बता । उनका अनुसार वर्षाैकाे मेहनतपछि वडा घाेषणा हुने भएकाे तयारीमा व्यापक भईरहेकाे छ ।

विद्यालय, अभिभावक, स्वास्थ्यकर्मी,जनप्रतिनिधि लगायत सराेकारवाला संग पटक पटक गरेकाे छलफल,अभिमुखिकरण अन्तरक्रिया बाट सुचक पूरा भएपछि घाेषणाकाे अबस्था पुगेकाे थापाकाे भनाई छ ।


तिला गाउँपालिका अध्यक्ष माेतिलाल राेकायाले बालबालिकाकाे विकास र समृद्वीका लागि नीति र बजेटमा प्रथामिकता दिएकाे बताए । पाेषणमैत्री र बालमैत्री घाेषणाले तिलाकाे उचाई बढ्ने विश्वास व्यक्त गरे ।

तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढाले घाेषणा मात्रै महत्वपूर्ण नभएकाले काम महत्वपूर्ण र उदाहरीय गर्नु पर्ने उल्लेख गरिन् ।

बालविवाह न्युनिकरण,पाेषणमैत्री वडा,बालश्रम न्युनिकरण लगायतका क्षेत्रमा किर्डाकले गरेकाे सहयाेग समन्वय सरानीय रहेकाे उनकाे भनाई छ । केही समय अघि जुम्लाकाेट स्वास्थ्य चाैकी पाेषणमैत्री घाेषणा भईसकेकाे छ ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस