विरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय

जुम्ला – तिला गाउँपालिका – ३ कुडारीस्थित स्वास्थ्य चौको भवन वडा कार्यालय राखिएको छ । दुई वर्ष अघिदेखि ३ नम्बर वडा कार्यालय राखिएको हो । जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको देखिन्छ ।
विरामी जाँच्ने, औषधि उपचार गर्ने स्वास्थ्य चौकीमा वडा कार्यालय राखिनु वडाध्यक्षको हस्तक्षप भएको देखिन्छ । वडा कार्यालय सरकारी संरचना भएपनि जनप्रतिनिधि वडाध्यक्ष, सदस्य राजनीतिक पार्टीबाट निर्वाचित भएका व्यक्ति हुन्छन् ।
राजनीतिकसँग जोडिएको वडा कार्यालय भएकोले विभिन्न किसिमका बेला बेला बादविवाद, छलफल, वन्द हट्ताल भईरहने ठाउँ हो । त्यस्तो कार्यालय स्वास्थ्य चौकीकै भवन राखिनु गलत नै हो ।
एउटा दृष्टान्तका रुपमा हेरौँ भदौँ १६ गते वन सम्वन्धीको वडा सिफारिसका विषयमा विवाह हुदा विवाद नै भएर स्वास्थ्य चौकीको भवनमा रहेको वडा कार्यालयमा करिव ९० जनाको संख्यामा आएका स्थानीयले तालावन्दी नै गरेका छन् ।
करिव ९० जनाको बन्द हट्तालका बीच त्यहाँका स्वास्थ्य चौकीमा आउने विरामीलाई स्वास्थ्यकर्मीले कसरी चेकजाँच गरेका होलान् । कस्तो औषधि उपचार भयो । स्थानीय मुनिनाथ योगीको नेतृत्वमा करिब ८०÷९० जनाको समूह वडा कार्यालयमा ताला लगायर बन्द हट्ताल गरेको थियो ।
जोगीवाडास्थित भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउने विषयलाई लिएर विवाद बढेको छ । राष्ट्रिय वनलाई सामुदायिक वन बनाउन सिफारिस गरेपछि विरोध भएको थियो ।
स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिदा निकै समस्या भोग्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । यहाँ प्रसुति सेवा गृह पनि छ । साउनदेखि यता ९ जना महिला सुत्केरी भएका छन् । गतवर्ष २६ जना सुत्केरी भएका थिए । दैनिक १०÷१५ जना औषधि उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्य जस्तो संम्बेदनशिल ठाउँमा वडा कार्यालय राखेर सेवा प्रभावित भएका छ । स्वास्थ्य चौकीकै ५÷६ वटा शाखा हुन्छन् । अहिले सवै शाखा तीन वटा कोठामा सिमित गरेका छौँ । एक जना स्वास्थ्य कर्मीले भने, अपिस कोठा र तालिम हल एउटै कोठमा छ । भौतिक संरचना अभाव बनाएर वडा कार्यालय राखिनु दुखद् पक्ष हो ।
स्वास्थ्य चौकी इन्चार्ज तिलबहादुर शाहीका अनुसार सरकारी भवनमा सरकारी कार्यालय राख्दा फरक नपर्ला भनेर हो । उनले भने, धेरै कुरा पनि हामीले बुझेनौँ । तर वडामा वन्द हट्ताल हुदा स्वास्थ्यमा प्रभाव नै पर्ने रहेछ । यहाँको राजनीतिक, गाउँपालिका, वडा पालिका राखेर तत्काल उपयूक्त निर्णय लिने छौँ ।
वडाध्यक्ष धनबहादुर शाहीले भने भाडाको घरमा वडा कार्यालय राख्नु भन्दा सरकारी संरचना स्वास्थ्य चौकी भवन राखौँ भने उद्देश्य कार्यालय राखिएको हो । वडा कार्यालय भएको भवनको जग्गामा १० शैयाको अस्पताल बन्दै छ । पछि भवन निर्माणपछि स्वास्थ्य चौकी अस्पतालसँग गाभिन्छ । अहिलेको स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय नै रहने योजना छ । तर वडाध्यक्ष शाहीले तत्काल वडा कार्यालयका कारण स्वास्थ्य सेवामा पारेको प्रभाव बुझ्न चाहेनन् ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले सहमतिमै स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिएको बुझिएको बताए । उनले भने, वडा कार्यालयका कारण स्वास्थ्य सेवा प्रभावका विषयमा बुझेर निर्णय गर्ने छौँ ।

स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिनु उपयूक्त नभएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आयार्यले बताए । उनले भने, एउटा कार्यालयले अर्काे कार्यालयलाई प्रभाव पार्ने गरी राखिनु हुदैन । विकल्पको खोजी गर्नुपर्दछ ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस