गगने खाेला पहिराे पन्छाएसंगै खुल्याे कर्णाली राजमार्ग

जुम्ला । कर्णाली राजमार्ग संचालनमा आएकाे छ । कालिकाेटकाे गगने खाेलाकाे पहिराे पन्छाएसंगै राजमार्गमा संचालनमा आएकाे हाे ।

मंगलबार साझ साढे ५ बजेतिर आएकाे पहिराेले अबरुद्व भएकाे सडक बुधबार विहान १०:३० बजेदेखि संचालनमा आएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।

भदाै १४ गतेदेखि अबरुद्व राजमार्ग भदाै १७ गते दिउँसाे साढे १२ बजेतिर संचालनमा आएकाे थियाे । नेपाली सेना,प्रहरी र सडक डिभिजनकाे अथक प्रयासपछि चारदिनपछि संचालनमा आएकाे सडक पाँच घण्टापछि फेरि अबरुद्व भएकाे थियाे ।

भिषण वर्षासंगै आएकाे पहिराेले गगनखाेला फेरि अबरुद्व भएकाे थियाे । बुधबार विहानैदेखि सडक डिभिजनकाे मेसिन र जनशक्ति परिचालन गरेर अबरुद्व खुलाईएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले जानकारी दिए ।

बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्न समेत सडक डिभिजनले अनुराेध गरेकाे छ ।
जे

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस