नेपाल स्वास्थ्यकर्मी संघ जुम्लाकाे नवाैँ जिल्ला अधिवेशन उद्घाटन, सहमतिमै नेतृत्व चयन हुँदै

जुम्ला । नेपाल स्वास्थ्यकर्मी संघ जुम्लाकाे नवाैँ जिल्ला अधिवेशन उद्घाटन भएकाे छ । नेपाली काँग्रेस पार्टी निटक स्वास्थ्यकर्मीहरुकाे संगठन नेपाल स्वास्थ्यकर्मी संघकाे नवाैँ अधिवेशन बुधबार उद्घाटन गरिएकाे हाे ।

स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्यायकाे अध्यक्षता तथा नेपाली काँग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढाकाे प्रमुख आतिथ्यतामा उद्घाटन सुरु भएकाे छ ।

नवाैँ अधिवेशनकाे बन्दशत्रबाट नेपाल स्वास्थ्य कर्मी संघ जुम्लाकाे नयाँ कार्यसमिति चयन हुने छ । सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने संघ तयारी छ । बन्दशत्र पनि आजै भएर नेतृत्व छनाेट टुंग्याउने जनाईएकाे छ ।

कार्यक्रममा उपस्थित नेपाल कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्का, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,गुठिचाैर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेरा,चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँई लगायत काँग्रेस निकट विभिन्न सुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेकाे छ ।

कार्यक्रममा उपस्थित सबै अतिथिले सहमति र सहकार्यका माध्यमबाट नयाँ नेतृत्व चयन गर्न शुभकामना दिए । स्वास्थ्यकर्मीहरुकाे पेशागत सुरक्षा तथा हक अधिकारकाे वकालत गर्ने तथा कुशल नेतृत्व गर्ने व्यक्तिलाई संगकाे जिम्मेवारी सुम्पीन समेत अनुराेध गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस