जुम्ला – निजामती कर्मचारी दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा प्राविधिक तर्फका महिला र पुरुष विजयी भएका छन् । महिला समुह तर्फको खेलमा प्रशासन समुहका महिला कर्मचारीलाई प्र्रशासनका महिला कर्मचारीको समुहले शून्यका विरुद्ध दुई गोल प्रहार गरी विजयी भएका हुन् ।
यस्तै पुरुष समुहको खेलमा प्रशासनका कर्मचारी समुहलाई प्राविधिक कर्मचारी समुहले एक गोलका विरुद्ध दुई गोल प्रहार गरी विजयी भएका हुन् ।
प्रथम हुने महिला पुरुष दुवै समुहलाई नगद १० हजार पाँच सय रुपियाँ पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपाने बताए । उनले भने, दोस्रो हुने दुवै समुहका खेलाडीलाई सम्मान पत्र प्रदान गरिएको छ ।
आयोजना गरिएको छ । कर्मचारी मेलन केन्द्र जुम्लाको आयोजना, जिल्ला खेलकुद विकास समिति जुम्लाको व्यवस्थापन र एन्फा जुम्लाको प्राविधिक सहयोग फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।
निजामति कर्मचारी दिवसको अवसरमा खेल प्रतियोगी भएपनि मैत्रीपूर्ण रहेको कर्मचारी मिलन केन्द्र जुम्लाका अध्यक्ष तथा सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले बताए ।
कार्यालय प्रमुखहरुको बीच मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको थियो । त्यसैगरी प्राविधिक र प्रशासन कर्मचारी समुह बीच फुटबल प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा महिला समुहतर्फ प्राविधिक र प्रशासन तर्फका दुई समुह सहभागिता जनाएको थियो । यस्तै पुरुष समुहतर्फ पनि प्राविधिक र प्रशासन गरी दुई समुह सहभागी भएको थियो ।



