जुम्ला । जुम्लामा २२ औँ निजामती दिवसका अबसरमा सिंजा क्षेत्रका तीन पालिका बीच विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियाेगिता गरेर मनाईएकाे छ ।
दिवसका अबसरमा सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका द्वारा संयुक्त रुपमा आयाेजित फूटबल, चेल खेल र ब्याटमिन्टन प्रतियाेगिता गरेर मनाईएकाे हाे ।
जसमा हिमा गाउँपालिकाले दुई खेलमा प्रथम स्थान हासिल गरेकाे छ । तीन पालिकाबीच भएकाे खेलमा हिमा गाउँपालिकाले फुटबल प्रतियाेगिता र चेस प्रतियाेगितामा प्रथम भएकाे हिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रतन बहादुर रावतले बताए । उनका अनुसार हिमा गाउँमा ब्याटमिन्टन प्रतियाेगितामा दाेस्राे भएकाे छ ।
चेस खेल, ब्याटमिन्टन खेल ,र फुटबल खेलमा सहभागी हिमा को खेल्कुद कर्मचारी टोली सहभागी भएको थियो ।
त्यस्तै फुटबल प्रतियाेगितामा सिंजा गाउँपालिकाका दाेस्राे र कनकासुन्दरी गाउँपालिकाका तेस्राे भएकाे छ। भने ब्याटमिन्टन प्रतियाेगिता तर्फ कनकासुन्दरी गाउँपालिका प्रथम भएकाे छ । भने दाेस्राे हिमा र तेस्राे सिंजा गाँपालिका भएकाे छ ।



