नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, आजै पदभार ग्रहण

जुम्ला  । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । यसै बीच नवनियुक्त प्रधानमन्त्री कार्कीकाे आजै पदभार ग्रहणकाे तयारी भएकाे छ ।

सिंहदरबार स्थित गृह मन्त्रालयका लागि निर्माण भएकाे भवनमा प्रधानमन्त्रीकाे पदभार ग्रहण हुने भएकाे छ । पदभार ग्रहणका लागि कर्मचारी तयारी अबस्थामा छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस