
जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ स्थित हाँकु चौर खेलमैदानमा जारी खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी लागि बुधबार फाईनल खेल हुने भएको छ ।
मंगलबार भएको सेमिफाईनल खेलबाट फाईनलमा भिड्ने दुई टिमको टुंगो लागेको छ । तातोपानी गाउँपालिका वडा नं ४ को गिडिदह यूवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको फाईनलमा एच-वान यूवा क्लब हाँकु र जुम्ला एफसी भिड्ने भएका छन् ।
मंगल भएको पहिलो सेमिफाईनल खेलमा १-० ले ब्ल्याक डाईमण्डलाई हराउँदै एच-वान यूवा क्लब फाईनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समय भित्र ब्ल्याक डाईमण्डले गोल फर्काउन नसक्दा सेमिफाईनलबाटै बाहिरियो । एक गोललाई निर्णायक बनाउँदै एचवान उपाधिका लागि फाईनलमा प्रबेश गरेको छ ।
यसैबीच मंगलबारनै भएको दोस्रो सेमिफाईनल खेलमा २-१ गोलले तातोपानी यूवा क्बलाई हराउँदै जुम्ला एफसी फाईन प्रवेश गरेको छ । खेलको पहिलो हाफमा तातोपानी-६ ले गोल गर्दै अग्रता लिएको थियो । उपाधीको दाबेदार मानिएको जुम्ला एफसीले पहिलो हाफमा गोल गर्न सकेन् ।
दोस्रो हाफ सुरुभएसंगै तातोपानीले खराब प्रर्दशन गर्यो । जर्सी नम्बर ८ का खेलाडी घाईते भएपछि खेल मैदाननै छोड्नु पर्यो । त्यही मौकामा दोस्रो हाफमा जुम्ला एफसीले लगातार २ गोल गर्यो । खेलको अन्तिम समय सम्म पनि तातोपानी-६ ले गोल फर्काउन नसक्दा सेमिफाईनलबाटै बाहिरियो ।
सुरुवातीदेखी उत्कृष्ट खेल प्रर्दशन गरिरहेको जु्म्ला एफसी अन्नत: फाईनल प्रबेश गरेको छ । बुधबार विहान १० बजे उपाधीका लागि एचवान हाँकु र जुम्ला एफसी मैदान उत्रिने छन् ।
साथै आयोजक गिडिदह यूवा क्लबले फाईनल खेल्ने दुबै टिमका सबै खेलाडीलाई अनिवार्य रुपमा नागरिकताको फोटोकपि ल्याएर आउन अनुरोध गरेको छ । फाईनल पछि वितरण गरिने पुरस्कार लगायतको सबै तयारी भईसकेको आयोजक क्लबका सदस्य मदन खत्रीले बताए ।
उपाधीको दाबेदार मानिएकै दुबै टोली सेमिफाईनलमा खेल भएपछि दर्शकको बाक्लो उपस्थिती थियो । प्रतियोगितामा ३३ टिम सहभागी थिए ।