जुम्ला । जुम्लामा जारी पुरुष फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन् । चन्दननाथ-३ द्वारा आयोजित प्रतियोगतामा क्वाटरफाईनल अन्तर्गत चार वटा खेल सम्पन्न भएका हुन् ।
जसमा पहिलो खेल विहानी यूवा क्लब र गुठिचौरको फोईकालिका एफसी बीच भएको थियो । जसमा पहिलो हाफ गोल रहित बराबर भएको थियो । दोस्रो हाफमा फोईकालिकाले लगातार दुई गोल गर्दै विजयी भएको छ ।
खेलको अन्तिम समय सम्म पनि विहानी यूवा क्लबले गोल फर्काउन नसक्दा क्वाटर फाईनलबाटै बाहिरिएको छ । भने फोईकालिका यूवा क्लब सेमिफाईनमा प्रवेश गरेको छ ।
साथै दोस्रो खेलमा चन्दननाथ-३ विजयी भएको छ । लेकाली यूवा क्लब (ए) र चन्दननाथ-३ बीच भएको खेलमा पेनाल्टी सुटआउटबाट चन्दननाथ-३ विजयी भएको आयोजकले जनाएको छ ।
साथै शुक्रबार भएको तेस्रो खेलमा जनसेवा यूवा क्लब (बी) वियजी भएको छ । दिउँसो १ बजे जनसेवा युवा क्लब (बी) एन डब्लु डिसी बीच भएको खेलमा ०-१ गोलले अग्रता कायम गर्दै जनसेवा यूवा क्लबले जितेको हो ।
यसैबीच शक्रबार भएको अन्तिम क्वाटर फाईनल खेल मिलन यूवा क्लब र घोगेसिम यूवा क्लब बीच भएको थियो । जसमा निर्धारित समयमा १/१ गोलबराबरी भएपछि पेनाल्टि सुटआउटमा घोगेसिम यूवा क्लबले जितेको छ । ४-५ गोलले घोगेसिम सेमिफाईनल प्रवेश गरेको हो | भने मिलन यूवा क्लब क्वाटर फाईनलबाट बाहिरिएको छ ।
साथै शनिवार सेमिफाईनलका दुई खेल हुने छन् । जसमा पहिलो खेल आयोजक वडा चन्दननाथ-३ र फोईालिका एफसी बीच हुने छ ।
भने दोस्रो खेल जनसेवा यूवा क्लब (बी) र घोगेसिम यूवा क्लब बीच हुने प्रतियोगिता आयोजना मुल समितिका संयोजक राज बहादर खत्रीले बताए । उनका अनुसार सेमिफाईनल खेल शनिवार ११ बजेबाट सुरु हुने छ । प्रतियोगितामा जिल्लाभर ४४ टिम दर्ता भएका थिए।



