समाजसेवी विष्णु बुढ्थापा द्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जुम्ला । जुम्ला जिल्लाका ढाडथपला गाउँका समाजसेवी विष्णु बुढ्थापाको विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । 

समाजसेवी बुढ्थापाले आफ्नो व्यक्तिगत सहयोगमा जिल्लाका विभिन्न ठाउँका गरिब तथा विपन्न बालबालिकाहरूलाई विद्यालयका झोला र स्टेशनरी लगायत सामग्री वितरण गरेका हुन् ।

बुढ्थापाले विभिन्न सङ्घ–संस्था सँगको सहकार्यमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्दै आएका छन । हाल काठमाडौंमा बसोबास गर्दै आएका उनी सामाजिक तथा परोपकारी कार्यमा सक्रिय छन् ।

यस अभियान अन्तर्गत तातोपानी गाउँपालिका – १ राका  गाउँमा १०० जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । उक्त कार्यक्रम गाउँपालिकाका सदस्य जलुकी सार्कीको प्रमुख आतिथ्यतामा र सुसमाचार मण्डलीको आयोजनामा सम्पन्न भएको हो ।

त्यसैगरी तातोपानी गाउँपालिका – २ जर्मी गाउँ स्थित श्री भवानी आधारभूत विद्यालयका २६ विद्यार्थीलाई पनि विद्यालय झोला प्रदान गरिएको थियो ।

पातारासी गाउँपालिका – १ पेरे  गाउँमा १० जना गरिब विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्‍याउन खेलकुद सामग्री, कथा तथा चित्रकलाका पुस्तकहरू पनि वितरण गरिएको छ । 

साथै, सोही अवसरमा ‘आशाको केन्द्र’ नामक ट्युसन कक्षा सुरु गरिएको छ, जसको सञ्चालन मिस बिपना न्यौपानेले गर्नेछिन ।

त्सैसै गरी गुठिचौर गाउँपालिका – १ चोत्रा गाउँ स्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालयका २६ जना गरिब तथा अनाथ विद्यार्थीहरूलाई पनि शुक्रबार शैक्षिक सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस