जुम्ला । जुम्ला स्थित जेआर कर्णाली-जयरत्न कर्णाली बोर्डिङ स्कुलमा बृहत्त विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा आयोजित विज्ञान प्रर्दशनी मेला भव्य रुपमा सम्पन्न भएको हो ।
प्याब्सनका अध्यक्ष टासी दोन्डुप लामाको प्रमुख आतिथ्यतामा सम्पन्न विज्ञान प्रर्दशनीमा झण्डै दुई हजार विद्यार्थी र अभिभावकको सहभागिता रहेको जेआर कर्णाली बोर्डिङका प्रिन्सीपल अम्मरनाथ योगीले जानकारी दिए ।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी विद्यालयमा अध्ययनरत बालबालिकाले निर्माण गरेको विभिन्न शैक्षिक सामाग्री प्रर्दशन गरिएको उनको भनाई छ ।
विज्ञान प्रर्दशनीले बालबालिकाको प्रतिभा, क्षामताको पहिचान समेत भएको छ । भने बालबालिकाको सृजना, कलाकारिता, उत्साह सबै देखिएको छ । विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा अभिभावक, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न कलात्मक, जीवन उपयोगी, परम्परागत तथा आधुनिक सामग्री प्रदर्शन गरिएका थिए । प्रदर्शनीमा ड्रोन, थ्री–डी होलोग्राम, पेरिस्कोप, स्मार्ट सिटी मोडेल सहितका धेरै आकर्षक मोडल राखिएका थिए ।

विद्यार्थीहरूले सीप, नवप्रवर्तन र वैज्ञानिक सोच अभिवृद्धि गर्ने उद्देश्यले सामग्री निर्माण गरेको विद्यालयले जनाएको छ । प्रिन्सिपल अमरनाथ योगीका अनुसार यस प्रदर्शनीले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नका साथै अभिभावक तथा समुदायको सहभागिता पनि उल्लेखनीय रह्यो ।
कार्यक्रममा जनता मावि, कर्णाली मावि, रत्नचुडेश्वर मावि, बिलिभर्स स्कुल लगायतका विद्यालयका विद्यार्थी र शिक्षकहरूले समेत सहभागिता जनाएका थिए । जिल्लाका दर्जनौ नीजि विधालयका बीचमा ईच्छा भएको खण्डमा नविनतम् काम गर्न सकिने उदाहरण जेआर कर्णालीले दिएको छ ।




