कैलाश आविको नवर्निमित भवन उद्घाटन 

जुम्ला । हिमा गाउँपालिका वडा नं ४ स्थित कैलाश आधारभूत विधालयको नवर्निमित विधालय भवन उद्घाटन गरिएको छ ।  शुक्रवार विधालयमा आयोजित एक समारोहका बीच भवन उद्घाटन गरिएको हो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको छ । झण्डै १२० जना विधार्थी संख्या रहेको उक्त विधालयमा जार्जी र सिम्तलीका बालबलिका अध्ययन गर्छन् ।  वर्षौदेखि पूराना भवनमा संचालित विधालयमा नयाँ भवन बनेपछि पठनपाठन सहज बनेको छ ।

गाउँपालिकाको १ करोड २० लगानीमा चा चार कोठे दुई तले भवन, नमुना दिवा खाजाको भान्सा घर र गेट निर्माण गरिएको प्राविधिक शाखा प्रमुख दिपेन्द्र उपाध्यायले बताए । उनका अनुसार सबै पूर्वाधार गत आवमा निर्माण गरिएको हो |

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जिल्लाका आठ पालिका मध्य शिक्षा क्षेत्रलाई प्रथामिकता दिने हिमा पहिलो पालिका रहेको बताए । 

विकास बजेट ४२ प्रतिशत बजेट शिक्षा क्षेत्रमा हरेक वर्ष लगानी गर्दै आएको उनको भनाई छ । हिमाका २१ वटै सामुदायिक विधालयमा पूर्वाधार अभावको समस्या नहुने गरी काम भईरहेको बताए ।अधिकांश विधालयमा भवन, घेराबार, खानेपानी र शौचालय निर्माण भईसकेको अध्यक्ष शाहीले उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस