जुम्ला । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका नवनियक्त रजिस्ट्रार लक्ष्मीचन्द्र महतलाई हाजिर गराउन आदेश दिएको छ ।
अघिल्लो सरकारको पालामा नियुक्ती पाएका महतले पदभार ग्रहणमा अवरोध भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले तत्काल हाजिर गराउन अन्तरिम आदेश जारी गरेको हो ।
गत १३ भदौमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्यमन्त्रीस्तरीय निर्णयानुसार महतलाई कामकाज गर्न दिन र कुनै अवरोध नगर्न १६ मंसिरमा सर्वोच्चले आदेश दिएको छ ।
महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा २२ को उपदफा (१) बमोजिम उप–कुलपतिको सिफारिसमा सह–कुलपतिले रजिस्ट्रारमा नियुक्त गरेका थिए । प्रतिष्ठानको उपकुलपतिमा डाक्टर पुजन रोकाया नियुक्त भईसकेका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते सोमवार



