नयाँ साथीहरुको झोला बोक्छु, पुरानाको होइन : नेता गजेन्द्रबहादुर महत

जुम्ला – नेपाली कम्यूनिष्ट पार्टी जुम्लाका नेता तथा पूर्व सांसद गजेन्द्रबहादुर महतले आगामी निर्वाचनमा नयाँ सार्थीहरुको झोला बोक्ने धारण सार्वजनिक गरेका छन् । उनले आफ्नो सोसल मिडिया धारणा सार्वजनिक गर्दै भनेका छन्, जुम्ला जिल्लाका धेरै भन्दा धेरै पार्टी कार्यकर्ताहरुले मलाई बारम्बार पार्टीमा सकृय हुनका लागि सुझाव सल्लाह दिनु भएको छ । त्यसको लागि धन्यबाद ।
उनले भने स्मरण रहोस् म नेपाली कम्युनिष्ट पार्टीकै कार्यकर्ता हु र सदा रहि रहने प्रतिवद्धता ब्यक्त गर्दछु । तपाईंहरुलाई अवगत नै होला । ०७४ सालको निर्वाचनमा विजयी भए लगत्तै मैले प्रष्ट रुपमा बोलिसकेको थिए । कि यो पार्टी कसैको पेवा होइन !
यो पटक मेरो झोला बोकेर तपाईंहरुले मलाई बिजय गराउनु भयो । अर्को पटक म उम्मेदवार हुदैन । पार्टीको हिजो सार्वजनिक पद धारण गरी सकेका साथीहरु बाहेकका नयाँ साथीहरु उम्मेदवार हुनु पर्छ । म ति नयाँ साथीहरुको मात्र झोला बोक्छु भनेर प्रष्ट भनेको पनि थिए ।
मैले बोलेकै अनुसार ०७९ सालमा माननिय मन्त्री भएर सार्वजनिक पद धारण गरी सकेका ब्यक्तिको झोला बोकिन, उनले भने ।
अर्को कुरा पनि स्मरण रहोस् कि हाम्रो पार्टीको सामान्य प्रचलन अनुसार पार्टी इन्चार्ज नै आगामी निर्वाचनमा उम्मेदवारी को दाबेदार हुने गरेकोले मैले पार्टी इन्चार्ज पनि सहर्षका साथ त्यागेको कुरा प्रष्टै छ ।
मैले प्रष्ट भन्नैपर्छ हाम्रो जिल्लामा पुराना र धेरै पटक सार्वजनिक पद धारण गरी सकेका ब्यक्तिको ठाउँमा नयाँ युवा साथीहरु पार्टीको जिम्मेवारी पदमा आउनु हुन्छ । आगामी निर्वाचनमा उम्मेदवारीको तयारी गर्नु हुन्छ भने म अहिले र आजकै दिनबाट सक्रिय हुन तयार छु ।
यदि पार्टीको जिम्मेवारी पद र आगामी निर्वाचनको उम्मेदवारीको ठेक्का पनि उनै पुराना ब्यक्तिले लिने हुन भने म पार्टीमा सक्रिय पनि हुदैन र पुरानाका झोला पनि बोक्दैन उनले सोसल मिडियामा भने ।
यो मेरो भनाइ र बुझाइ सायद जेनजी आन्दोलनको मर्मसँग पनि मेल खाने देख्छु । साथै बर्तमान अबस्थाको माग पनि हो । राजतन्त्रको जरा उखेलेर देशमा गणतन्त्र आइसक्दा पनि पुरानै ढुङ्गो पुज्ने । पार्टीको जिम्मेवारी पनि लिन नसक्ने, उम्मेदवारी पनि हुन नसक्ने र ति पुराना खाइपाई आएकाकैे चाक मल्नु हुन्छ भने म त्यो गर्न कुनै पनि हालतमा तयार छैन ।
उनले अन्तमा भनेका छन् मेरा बलबुताले भ्याएसम्म ति मै खाउ, मै लाउ, मै शुखसयल गरु । अरु सबै मेरा दाष भैराखुन भन्ने व्यक्तिको गुना हानेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस