तातोपानीका विद्यालयमा संयुक्त अनुगमन, नतिजामुखी काम गर्न जोड

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अबस्थाबारे बुझ्न संयुक्त अनुगमन थालिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग तथा किर्डाक नेपालद्धारा संचालित कार्यक्रम अन्तरर्गत शिक्षा, बालबालिका, कृर्षक,स्वास्थ्य क्षेत्रमा भएका सुधार तथा समस्याबारे बुझन् संयुक्त अनुगमन थालिएको हो ।

जस अन्तरर्गत तातोपानीका ८ वटा वडामा दुई वटा टिम परिचालन भएको छ । जसमा वडा नं. ७ र ८ मा एक टोली परिचालन भएको छ । भने वडा नं १ देखी ६ सम्मका विद्यालय तथा अन्य क्षेत्र अनुगमनका लागि गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको नेतृत्वमा एक टोली परिचालन भएको छ ।

पहिलो दिन वडा नं. १ को कृर्षक समुह, वडा कार्यालय, गशेण मावि राँका, कालिका आवि लिताकोट, तातोपनी स्वास्थ्य चौकी, सुन्दरगाउँ कृषि समुह र सुन्दरमणि आधाभूत विद्यालयको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कृर्षक समुहहरु उत्साहित भएको, वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा सुधार भईरहेपनि विद्यालयमा लगानी अनुसारको अपेक्षित उपल्ब्धी हासिल हुन नसकेको पाइएको छ ।

जिल्लाका आठ पालिका मध्य पछिल्लो तीन वर्षमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नेमा तातोपानी गाउँपालिका पहिलो हो । पालिकाको पहलमा सहयात्रा तेस्रो परियोजना लागु भएपछि शिक्षा क्षेत्रमा करोडौ बजेट लगानी भईरहेको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई लगानी अनुसार शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धी हासिल हुन नसकेको बताउँछन् । विद्यालय सुधारमा शिक्षक, विव्यस, अभिभावको समन्वय सहकार्य छैन् ।

उनले भने,‘विद्यालयमा शिक्षक तथा विव्यस बीच तालमेल छैन् । आफ्नो काम कर्तव्य जिम्मेवारीबाट विमुख छन् । गैर जिम्मेवार अभिभाव छन् । वडा सरकारले पनि त्यति ध्यान दिएको देखिन्न । सधै पालिकाको मुख तोकेर मात्र सम्भव छैन् । शिक्षा क्षेत्र सुधार गर्ने अभियान थालेपनि प्रतिफल पाउन मुस्किल देख्छु ।’

सामुदायिक विद्यालय सुधारका लागि पूर्वाधार निर्माण देखी, दरबन्दी मिलान, शिक्षकलाई तालिम जस्ता कार्य गर्दै आएको छ । साथै शिक्षा मन्त्रायलले चार पटक पत्राचार गरिसकेकाले छिटै शिक्षा समितिको बैठक बसेर प्रधानाध्यापकको मिलान गरिने समेत अध्यक्ष चौलागाईले जानकारी दिए ।

पlलिका र परियोजनाले एकातिर शिक्षामा लगानी बढाउँदै जाने र अर्को तिर विद्यालयमा विद्यार्थीको संख्या घट्दै जाने, सामान्य समस्याहरु पनि उस्तै रहने, प्रधानाध्यापक पढाउन छोडेर योजना माग्न जाने जस्ता समस्या तातोपानीका विद्यालयमा देखिएका छन् ।

अब चाडै पालिका स्तरमा एक शैक्षिक बहसको आयोजना गरी शिक्षा क्षेत्रमा देखिएका समस्या र समधानका विषयमा छलफल गर्ने तयारी भईरहेको छ । यसैबीच शुक्रबार अनुगमन टोलीले वडा नं. ४,५ ६ का विद्यालय र कर्षक समुहमा अनुुगमन गर्ने छ । भने आईतबार अनुगमनको समिक्षा गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस