जुम्ला – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले गठन गरेको अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा जिल्ला संयन्त्रको सदस्यमा चयन भएको छ । इन्सेक जिल्ला प्रतिनिधि जुम्लाका प्रतिनिधि मानदत्त रावल हुन् ।
आयोगले शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य संयोजक रहने गरी अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्वन्धी निर्देशिका, २०७५ अनुसार ९ सदस्यीय संयन्त्र गठन गरेको हो ।
पुस ७ गते गठन गरिएको संयन्त्रको सदस्यमा मिति नेपाल पत्रकार महासंघ जुम्ला शाखा, नेपाल बार एसोसियसन जुम्ला, गैरसरकारी संस्था, नागरिक समाज, इन्सेक र संचारकर्मीसहित गरी ९ सदस्य अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन गरिएको आयोग जुम्लाका प्रमुख आचार्यले बताइन् ।
उनले भनिन्, हरेक महिनाको अन्तिम मंगलबार वा शुक्रबारका दिन महिनाभरी भएका मानव अधिकार उल्लघंन तथा हननका घटनाबारे जानकारी गराउने र अभिलेखीकरण गर्ने रहेको छ ।



