मुगु । नेपाल सरकारका तत्कालिन वन तथा वातावरण मन्त्री र नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाही ठकुरीले निर्वाचन कार्यालय मुगुमा खर्च विवरण समयमै पेश गरिएको जिल्ला निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यममा कणाली प्रदेशका केही उम्मेदवारहरूको नाम किटान गर्दै खर्च विवरण नबुझाएकाले उनीहरू आगामी निर्वाचनमा उम्मेदवार हुन नसक्ने दाबी सहित समाचार प्रकाशित भएका थिए ।
विशेष गरेर मुगु जिल्लाका नेपाली कांग्रेसका ऐन बहादुर शाही र स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर सेजुवाल आगामि निर्वाचनमा उम्मेदवार हुन नपाउने भन्दै सामाजिक सञ्जालमा समाचारहरु प्रकाशित भएपछि जिल्ला निर्वाचन कार्यालय मुगुले यस्तो जानकारी दिएको छ ।
तत्कालिन संघिय सांसद शाहीले २०८० साल साउन १४ गते खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरि सकेको जिल्ला निर्वाचन कार्यालय मुगुका सुचना अधिकारी धनकृष्ण बढुवालले कर्णाली मिसनले बताए ।
उनका अनुसार सामाजिक सञ्जालमा आगामि निर्वाचनमा अयोग्य ठहरीय भनिएता पनि अब उहाँ स्वतस्र्फुत रुपमा चुनावमा सहभागि लिन पाउने पनि अवगत गराएका छन् । स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सेजुवाल भने अयोग्य ठहरीएको आयोगले जनाएको छ ।
सामाजिक सञ्जालमा आएका सुचना , समाचारहरु साँचो नभएको पनि उल्लेख गरेका छन् । केही सञ्चारमाध्यममा कांग्रेस महामन्त्री गगन थापा, नेकपा एमाले सचिव शेरधन राई, एमाले सचिव डा.राजन भट्टराईले खर्च विवरण नबुझाएको भन्दै आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने समाचार प्रकाशित भएका थिए ।



