एमाले मुगुद्धारा प्रतिनिधि सभा उम्मेदवारमा ७ जनाको नाम सिफारिस 

मुगु ।  नेकपा एमाले मुगुले अगामी  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ । २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राज बहादुर कार्की सहित ७ जनाको नाम सिफारिस गरेको हो छ । 

बैठकले राज बहादुर कार्की , बर्तमान जिल्ला पार्टी अध्यक्ष पुर्णबहादुर रोकाया , बलचन्द्र बिश्वकर्मा , गोपाल बहादुर बम र खड्कराज मल्लको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटीका सचिव सुरेन्द्र मल्लले  जानकारी दिए । उनका अनुसार महिला तर्फ कर्णसिला मल्ल र जानदेवि भामलाई सिफारिस गरेको बताए । 

कमिटीले सिफारिस गरेका मध्ये महिला तर्फ कर्णसिशला मल्ल तत्कालिन जिल्ला समन्वय समितिकी उपप्रमुख हुन भने राज बहादुर कार्की २०७९ सालमा पराजित भएका  उम्मेदवार हुन । त्यस्तै पुर्ण बहादुर रोकाया जिल्ला कमिति अध्यक्ष हुन । त्यस्तै गोपाल बम पुर्व संघिय सांसद पनि हुन ।

प्रकाशित मिति : २०८२ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस