जुम्ला कारागारका ७२ कैदीबन्दीको स्वास्थ्य जाँच, प्रेसर र सुगरको समस्या 

जुम्ला ।  जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ ।जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा शनिवार ७२ जना कैदीबन्दीको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षण गरेका मध्य अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनका अनुसार कुल ७२ जना मध्य ८ जनामा उच्च रक्तचाप, १२ जना मधुमेहको समस्या देखिएको छ । कैदीबन्दी नियमित ब्यायम तथा खानपानमा ध्यान दिन सुझाव दिईएको छ । 

भने २५ जनाको मानसिक स्वास्थ्य परामर्श तथा परिक्षण गरिएको  छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी प्रमुख रविन बाबु रेग्मी, कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक कमल थानी मानसिक रोग विषशज्ञ,जनरल फिजिसियन तथ नेपाल पत्रकार महासघ अध्यक्ष पूर्ण प्रसाद चौलागाँई लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालयले चालक,कैदीबन्दीको स्वास्थ्य जाँच देखि अन्य गतिविधि अघि बढाईरहेको छ ।

प्रकाशित मिति : २०८२ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस