जुम्ला । जम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शुक्रबार जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
जिल्ला न्यायधिष आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय लगायको सहभागितामा कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै जुम्लामा पनि कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष आनन्दराज पन्तले जानकारी दिए ।
उनका अनुसार देश निर्वाचनमा होमिएकाले जुम्लामा शान्त,भयरहित वाताबरण निर्वाचन सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरिने छ ।
प्रकाशित मिति : २०८२ माघ ४ गते शुक्रवार



