नेपाली काँग्रेस जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता

जुम्ला । नेपाली काँग्रेस पार्टी जुम्लाबाट दिप बहादुर महतको उम्मेदवारी दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता भएको हो ।

काँग्रेस पार्टीको पूर्व सभापति समेत रहेका शाही सादगी नेताका रुपमा चिनिन्छ । जुम्लाको ठुलो दलको रुपमा रहेको काँग्रेस २०७९ को निर्वाचनमा माओवादी र काँग्रेस बीच गठबन्धन हुँदा माओवादीलाई सघाएको थियो ।

यसपाली जुम्लामा सबै दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् । जसमा काँग्रेसले दिप बहादुर शाहीलाई अघि सारेको छ । उम्मेदवारी दर्तापछि संचारकर्मीसंग बोल्दै दिप बहादुर शाहीले जुम्ली जनतालाई कुनै महोत्वकाँक्षी योजना नबाडेर जनताका समस्या समधान गर्ने बताए ।

दुई कार्यकाल गाउँ विकास समितिको अध्यक्ष भईसकेका शाहीले जुम्लाका हरेक समस्या नजिकबाट नियालेको उल्लेख गरे ।

उनले गाउँ गाउँ पुगेर स्थानीयका तत्कालिन,मध्यकालिन र दिर्घकालिन समस्या बुझेर ती समस्यालाईनै मुख्य एजेण्डा बनाउने उल्लेख गरे । जुम्ली जनताले आफूलाई बहुमतले जिताउनेमा विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २०८२ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस