जुम्ला । राष्टि्य प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ को निर्वाचनबाट बहुमत मत ल्याएर विजयी भएका शाही फेरी जुम्ली जनताको सरणमा आएका छन् । जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको ज्ञानेन्द्र बहादुर शाहीले बताएका छन् ।
उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिदै उम्मेदवार शाहीले भने,´कर्णाली चिनाउन, कर्णालीको उत्पादनलाई विश्व बजारमा पुराउन मेरो उम्मेदवारी हो । म ललितपुर, सुर्खेतबाट सिफारिस हूँदा जन्मभुमिकै माया लागेर फर्किए । जनता जर्नादनको हातमा निर्णय छोडेको छु । निर्णय जे आउछ स्वीकार गर्छु ।`
२०७९ को निर्वाचन शाही ६ महिना अघिनै जुम्लाका गाउँ गाउँमा पुगेका थिए । तर यसपाली उम्मेदवारी दर्ता गर्ने दिन मात्रै जुम्ला पुगे ।अन्तिम समयसम्म कहाबाट चुनाव लड्ने अनिश्चिताका बीच अन्तिममा जुम्लालाई रोजेका छन् ।
उम्मेदवारी दर्तापछि मिडियाकर्मीसंग बोल्दै शाहीले मातृभुमिको माया फेरी जुम्लामै आएको बताए । धेरै ठाउँबाट चुनाव लडिदिनु पर्यो भनेर माग आएपछि निर्णय लिन ढिला भएको भन्दै अन्तिममा मातृभुमिको स्नेहाले तानेको उनको भनाई छ । जुम्ली जनताले जुम्लाको आवाज सिंहदबार पुराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।



