मुगु – मुगुम कार्मारोङ गाउँपालिका – ९ को छाईला गाउँमा साधारण परिवारमा २०२८ सालमा जन्मेका थिए । गाउँकै बिद्यालयमा प्रावि. तहको पढाई पछि २०४४ बाट २ घण्टा टाढाको बुद्ध मावि मांग्रीमा निमावि. अध्ययन सुरू गरि २०४८ सालमा माध्यामिक शिक्षा पूरा गरेका थिए । यस बेला उनी आफु मात्रै नभई अन्य बिद्यार्थीका अविभावकको रुपमा चिनिन्थे ।
पूर्ण ब.रोकायाले २०६० सालमा शिक्षासास्त्रमा स्नातकोत्तर पूरा गरेका थिए । मुगु जिल्लाका भिन्न विद्यालय तथा गमगढी स्थित रारा क्याम्पसमा गरि २१ बर्ष शिक्षण सेवा गरेका उनले सामाजिक रुपमा पनि बिभिन्न कार्य गर्दै गए ।
२०६५ सालमा राजिनामा दिई सकृय राजनितिको उनले बाटो थालेका हुन् । शिक्षकबाट राजिनामा दिएका उनले २०६८ देखि २०७६ सालसम्म बुद्ध माध्यामिक विद्यालयको व्यबस्थापन समितिको नेतृत्व गरी बिद्यालयको आर्थिक तथा ब्यवस्थापनमा ब्यापक सुधार गरि छात्रावास सहितको नमुना बिद्यालयको रुपमा संचालनमा ल्याए । २०७३÷२०७४ मा कर्णाली विकास आयोगको सदस्यको रुपमा काम गरि कर्णाली अञ्चलका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बिकास योजना निर्माणमा अहम् भुमिका निभाएका थिए ।
शिक्षाका लागि उज्यालो बत्ति बन्दै आएका रोकाया शिक्षा, स्वास्थ्य, सडक, संचार विकासको वकालत गर्दै पार्टीमा राजनैतिक जीवन सकृय बनाउदै २०७४ सालको निर्वाचन पछि जिल्ला समन्वय समिति मुगुको प्रमुख भई काम गरी सकेका छन् ।
बदलिदो राजनितिसंगै आम मुगुवासीको चाहाना अनुरुप पार्टी तथा जनताको अविभारा पूरा गर्न नेकपा एमालेबाट उनकाे उम्मेदवारी रहेको छ । साथै सोरु गाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका गरी चारवटा स्थानिय तह रहेको मुगु जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यसैगरी मुगुम कार्मारोङ गाउँपालिकाबाट पहिलो पटक प्रतिनिधि सभाको टिकट पाएका ब्यक्ति हुन् । हालसम्म कुनै पनि दलबाट प्रदेश तथा प्रतिनिधि सभामा प्रतक्ष तर्फ टिकट नपाएको मुगुम कार्मारोङ गाउँपालिकाबाट पहिलो पटक उनी प्रतिस्प्रधा गर्दै छन् ।
बिभिन्न सुचक तथा दिगो बिकासका लक्ष्य उदेश्य संगै मुगु जिल्लाको अन्तराष्ट्रिय नाका सञ्चालन गर्न, जनजीविकाका सवालहरु ः शिक्षा स्वास्थ्य, सडक, पर्यटन– पूर्वाधार, कृषि, युवा सोरोजगार, भष्ट्राचार नियन्त्रण , सुशासन्, बिधुत ÷ उर्जा, खानेपानी ÷ सिचाई, सुचना संचार तथा प्रविधि, वन पैदावार, पर्यावरण, सार्वजनिक सेवा प्रवाह सुशासन, आत्म निर्भरता तथा सिपमूलक कार्यक्रम, दक्ष जनशक्ति उत्पादनर उचित रोजगारि जस्ता विषयमा सधै कृयासिल रहने उनको प्रतिवद्धता छ ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको मर्म भावना अनुसार आफुले काम गर्ने उनको प्रतिवद्धता छ । जेन्जीद्वारा माग गरिएका सुशासन तथा पारदर्शिता प्रवर्धन र भ्रष्टाचार नियन्त्रण जस्ता विषयहरु पार्टी र आफ्नो एजेण्डा नै रहेको र यसलाई पहिलो प्राथमिकता राखि काम गर्ने उनको भनाई छ ।



