मुगुमा ७ दलले गरे उम्मेदवारी दर्ता 

जुम्ला ।  प्रतिनिधि सभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको मुगुमा ७ दलको उम्मेदवारी दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुगुमा सात राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार विहान ११ बजे बाट सुरु भएको उम्मेदवारी दर्तामा नेपाली कांग्रेसबाट खड्क बहादुर शाही  , नेकपा एमाले पुर्ण बहादुर रोकाया , नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चन्द्र बहादुर शाही ,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट  भुवन टमटा , नेकपा (माओवादी) बाट रंगविर परियार , प्रगतिशील लोकतान्त्रिक पार्टीबाट  एैटन मल्ल र राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) बाटबल बहादुर मल्ल गरेर ७ जना दलले उम्मेदवारी दर्ता गराएका हुन । नेपाली कांग्रेस मुगु बाट अन्तत खड्क बहादुर शाहीले उम्मेदवारी पाएका छन् । 

पछिल्लो समय मुगुमा निकै प्रतिस्पर्धात्मक र चासोका साथ हेरिएको छ । प्रदेश मन्त्री भईसकेका नेकपाका चन्द्र बहादुर शाही पुन संघियमा उम्मेदवारी दिएका छन् । पछिल्लो समय मुगुमा प्रतिनिधिसभाको लागि यहाँका दलहरुले नया अनुहारहरु उभिएका छन् । पहिलो पटक चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु यतिखेर मतदाता रिझाउन लागेका छन् ।  उम्मेदवारी  नेपाल खोज खवर म प्रतिक्रिया दिदै उम्मेदवारहरुले मुगुको आर्थिक सामाजिक पर्यटन , कृषि  विकासका लागि बहुमत दिने बताएका हुन  ।

राराक्षेत्र लाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने, जलविधुत विकासलाई जोड दिने लगायतका कुरामा प्रथामिकता दिईने प्रतिबद्वता गरेका छन् । सदरमुकाम गमगढी बजारको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढी मुगुमा उम्मेदवार दर्ता गर्ने क्रममा मिसन कर्णाली लाइ यस्तो बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस