जुम्ला । कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । एमालेबाट मिनासिंह रखाल र काँग्रेसबाट जुम्लाका ललितजंश शाही विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी दुबै उम्मेदवार पराजित भएका छन् ।
दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले–कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्धन्द्धी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन् ।
त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही पनि विजयी भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ५ घर भएका कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएका छन् ।
कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको थियो । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।
यस्तै पराजित भएका नेकपाका उम्मेदवार महिलातर्फ अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् भने बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरेका छन् ।



