हिमपातले नाग्म-गमगडी सडक पुन:अबरुद्व 

जुम्ला । नाग्म-गमगडी सडक पुन अबरुद्व भएको छ । गत शनिवार भएको हिमपातले अबरुद्व भएको सडक मंगलबार मात्रै खलेको थियो । मंगलबार राति बाट भएको भारी हिमपातले पुन नाग्म-गमगडी सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

वर्षा संगै भारी हिमपात भईरहेकाले अत्याआबश्यक काम बाहेक अन्य अबस्थामा यात्रा नर्गन समेत सडक डिभिजनले अनुरोध गरेको छ ।साथै यात्रा गर्दा सडकको अबस्था बुझेर मात्रै यात्र गर्न समेत अपिल गरिएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख सन्तोष कुमार महताराले हिमपात जारी रहेकाले हिउँ पन्छाउन नसकिएको बताए। अबरुद्व क्षेत्रमा डोजर र जनशक्ति तैनाथ राखिएकोले हिमपात रोकिने वित्तिकै हिउँ पन्छाएर अबरुद्व खुलाउने तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस