जुम्ला । नेपाली कम्युनिष्ट पार्टी जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले जुम्लालाइ मोडेल जिल्लाको रुपमा विकास गरिने बताए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो पटक होमिएका भण्डारीले सडक, पूर्वाधार, जलविधुत, भाषा,सास्कृतिक तथा सभ्यताको संरक्षण र विकास गरी मोडेल जिल्ला बनाउने एजेण्डा अघि सारिएको उल्लेख गरे ।
नेकपाको निर्वाचन परिचालन कमिटिद्वारा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रत्यक्ष तर्फका उम्मेदवार भण्डारीले नेपाली भाषा र साहित्यको उद्गम स्थल जुम्लालाई साँस्कृतिक राजधानी बनाउन बहस सुरुवात गर्ने उल्लेख गरे ।
´यदपी सांस्कृतिक राजधानी बनाउने भनेर भोट माग्ने पक्षमा छैन्`,उनले भने,´तर काठमान्डौँ राजनीतिक तथा प्रशासनिक क्षेत्रको राजधानी बन्ने तर जुम्ला साँस्कृतिक राजधानी किन नबन्ने ? यो प्रश्न हामी उठाउँछौ । संसदमा बहस छेड्छौ ।`
साथै जुम्लामा ७२ मेघावाट क्षामताको तिला जवा जलविधुत आयोजना, सिंजा सभ्यताको विकास, सिंजा क्याम्पसको स्तरोन्नति, कृषि उत्पादनको बृद्वि तथा बजारीकरणमा जोड लगायतका कुरामा विशेष जोड दिईने उम्मेदवार भण्डारीले उल्लेख गरे ।
त्यसैगरी सिंजाको विकासका लागि विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने एजेण्डा अघि सारिनेमा जोड दिए । जनसंख्याका आधारमा बजेट विनियोजन गर्ने राज्यको नीतिले जुम्ला सधै पछि पर्यो । उनले थपे,´अब जुम्ला सहित कर्णालीको विकासका लागि भूगोलका आधारमा बजेट विनियोजन गर्न नीतिनै बदल्नु पर्ने आबश्यकता देखिएको छ । त्यतातिर पनि हामी ध्यान दिने छौ |`
निर्वाचित भएर तीन वर्ष सम्म माखो नमारेका मान्छेहरु सबैथोक आफुले गरेको भनेर अफवाह फैलाईरहेकाले जनताले काम गर्ने व्यक्तिलाई मतदान गर्नेमा ढुक्क रहेकोमा जोड दिए ।
पार्टीको घोषणा पत्र अन्तिम चरणमा रहेकाले अझै जुम्लाको विकास र समृद्वी संग जोडिएका नयाँ एजेण्डा आउने उनको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुमा हाम्रो पनि योगदान छ भनेर मात्रै हुदैन् । आफ्नै नेतृत्वमा स्थापना भएको भन्नेले प्रमाण सहित टुडिखेलमा बहस गर्न आउन पनि चुनौती दिएका छन् ।
धौलिगाड खानेपानी आयोजना अलपत्र पर्नुमा २०७९ मा निर्वाचन चारै जना सांसदहरु जिम्मेवार हुनु पर्ने बताए । धौलिगाड आयोजना अब आफु निर्वाचित नभई लयमा आउन पनि नसक्ने दाबी गरे । २०६४ मा बहुमत ल्याएर प्रतिनिधि सभा जितेका भण्डारी २०७४ मा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भई कानुन मन्त्री भएका थिए ।
नेकपाका समानुपातिक उम्मेदवार तिर्थ बुढाले जुम्ला बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन आफू जिविस सभापति हुँदा काम गरेको बताए । जुम्लाको समृद्वि र विकासका लागि नरेश भण्डारीको विकल्प अरु हुन नसक्ने उनको तर्क छ ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले १ हजार ९ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पूर्व राज्यमन्त्री तथा पार्टीका जुम्ला इन्चार्ज गोमा गौतम (कुँवर) को संयोजकत्वमा समिति गठन गरिएको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान स्थलसम्मको अवस्थालाई मध्यनजर गरी समिति गठन गरिएको संयोजक गौतमले बताईन् । गौतमले यसपटकको निर्वाचन नेकपाको पक्षमा हुने दाबी गर्दै अन्य उम्मेदवारले भ्रम सिर्जना गरेको आरोप उनको आरोप छ ।



