नेपाली काँग्रेस जुम्लाको तिब्र चुनावी प्रचार, २ दिनमा दर्जन बढी ठाउँमा सभा 

जुम्ला । नेपाली काँग्रेस जुम्लाले चुनावी प्रचार प्रशारलाई निकै तिब्रताका साथ अघि बढाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित प्रचार प्रशार अभियानलाई तिब्रता दिएको हो ।

नेपाली काँग्रेस जुम्लाले दुई दिनका मात्र दर्जन बढी ठाउँमा चुनावी सभा गरेको छ । स्रोतका अनुसार मंगलबार मात्रै ११ स्थानमा र बुधवार गुठिचौर र चन्दननाथका विभिन्न स्थानमा चुनावी सभा गरिएको छ ।

मंगलवार हिमा गाउँपालिकाका सात वटा वडा, पातारासी गाउँपालिकाको वडा नं २ र ६ मा र गुठिचौर गाउँपालिकाको वडा नं ३ र ४ मा चुनावी प्रचार प्रशार कार्यक्रम गरेको नेपाली काँग्रेस जुम्लाका सचिव लक्ष्मण बहादुर शाहीले कर्णाली मिसनलाई जानकारी दिए । 

उनका अनुसार बुधबार गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा चुनाव केन्द्रित कार्यक्रम सम्पन्न भएका छन् । भने विहिवार पातारासी, तिला र कनकासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँमा कार्यक्रम गर्ने कार्यतालिका छन् ।

पार्टीका पूर्व सभापति निष्ठावान नेता दीप बहादुर शाही उम्मेदवार छन् । स्थानीयतहको जनमतलाई ८ पालिका मध्य ६ पालिका जितेको काँग्रेस फागुन २१ को चुनाव आफुलेनै जित्ने दाबी गर्दै आएको छ । 

प्रकाशित मिति : २०८२ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस