कार्यसम्पादन मुल्यांकनमा हिमा गाउँपालिका जुम्लाकै प्रथम

जुम्ला । कार्य सम्पादन मुल्यांकनमा जुम्लाका स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अंक सहित प्रथम भएको छ ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अंक मध्य ६४ दशमलव ०२ प्रतिशत उत्कृष्ट अंक अङ्क ल्याउदै हिमा गाउँपालिका प्रथम भएको हो ।

यस्तै कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । सिंजा गाउँपालिकाले ५७ दशमलव९५ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हुन सफल भएको छ ।

यसैगरी क्रमश : तातोपानी गाउँपालिकाले ५७ दशमलव ८८ प्रतिशत, गुठिचौरले ५४ दशमलव २८ प्रतिशत, चन्दननाथ नगरपालिकाले ४८ दशमलव ६५ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाले ४७ दशमलव ९० प्रतिशत अंक पाएको छ । सबैभन्दा कमजोर पातारासी गाउँपालिकाले ४४ दशमलव १६ प्रतिशत अङ्क प्राप्त गरेको वित्त आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कको आधारमा मूल्याङ्क हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस