यूवालाई क्याड्रे तालिम, विपद् राहत उद्वारमा सिपको प्रयोग गर्न जोड 

जुम्ला । नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाद्वारा चन्दननाथ नगरपालिका यूवालाई विपद् उद्वार सम्बन्धि क्याड्रेको पुर्नताजकी तालिम दिईएको छ । एक वर्षअघि क्याड्रे तालिम लिईसकेका स्वयमसेवक यूवायुवती तथा नगर प्रहरीलाई क्याड्रे पुर्नताजकी तालिम प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी जुम्लाद्वारा संचालित सुपर परियोजनाको सहयोगमा विपद् व्यवस्थापन, राहत उद्वार,पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि थुप्रै गतिविधि हुदैँ आएका छन् ।

सोही अन्तर्गत दुई दिने क्याड्रे तालिम सम्पन्न भएको हो । बाढी पहिरो, आगलागी,भुकम्प लगायतका विपदबाट जनधनको क्षति रोक्न क्याड्रे तालिम कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

तालिम समानमा बोल्दै भोलेन्डियर यूवा जगत विकले सामुदायिक उद्वार कर्ताको क्षामता विकासका लागि तालिम निकै फलदायी भएको बताए । वर्तमान समस्या र आबश्यकतालाई मध्यनजर गरी प्रयोगात्मक रुपमा क्याड्रे तालिम दिएकोमा खुसी व्यक्त गरे ।

तालिम सिकि सकेको र भैपरी आउने विपदका घटना व्यवस्थापन तथा उद्वारका लागि पूर्ण रुपमा व्यवहारमा लागु गर्ने प्रतिबद्वता व्यक्त गरे । सिपको कार्यान्वयन र समुदाय स्तरमा सबैलाई सिकाउन जोड दिने उल्लेख गरे ।

आगलागी, बाढी पहिरो, भूकम्प जस्ता विपदबाट नागरिकलाई जोगाउन भुमिका निर्वाह उनको भनाई छ ।  भोलेण्डियर पशुपति सुनारले विगतमा तालिम लिएपनि केहि विर्सिएका कुरा पुर्नताजकी तालिमले थप ज्ञान प्राप्त भएको बताईन ।

सामुदायिक विपद उद्वारका क्षेत्रमा सक्रिय गराउन रेडक्रसले क्याड्रे तालिम प्रदान गरी सिक्ने अबसर प्रदान गरेकोमा धन्यबाद दिईन् 

प्रशिक्षक खगेन्द्रराज जोसीले दुई वर्ष अघि सुपर परियोजना मार्फत क्याड्रे तालिम संचालन गरेको उल्लेख गरे । क्याड्रे तालिम समुदायका लागि निकै आबश्यकता  देखिएको विपदमा पहिलो उद्वारकर्ता समुदायका यूवानै हुने भएकाले यूवा सहभागितामा जोड दिनु पर्ने बताए । यो सिप समुदायका सबै यूवालाइ दिनुपर्ने उनको तर्क छ ।

सुपर परियोजना संयोजक सबै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न  ध्यान दिनु पर्ने बताईन् । विपद जोखिम व्यवस्थापन तथा राहत उद्वारलाई प्रभावकारी बनाउन स्थानीयतहले प्रतिकार्य योजना बनाउन जरुरी रहेको उल्लेख गरिन् ।  

जिम्मेवारी लिईसकेका स्वयम सेवकहरुले जिम्मेवारी पूर्ण काम गर्नु पर्नेमा उनको जोड छ । नेपाल रेडक्रसका कार्यवाहक सभापति काली बहादुर रावतले समुदायमा विपद्का घटना बढ्दै गएकाले उद्वार तथा व्यवस्थापनमा यूवालाई जोड्न तालिम आबश्यक रहेको उल्लेख गरे । स्थानीयतहले विपद पुर्वतयारीलाई मजबुद बनाउनु पर्नेमा समेत जोड दिए । विपदपछि राहत उद्वार भन्दा क्षति हुन नदिनका लागि सबै यूवालाई क्याड्रेमा जोड्न पालिकालाई सुझाव समेत दिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस