यस वर्षको ग्याल्पो ल्होसार घोडा वर्ष

मुगु – ग्याल्पो ल्होसार प्रत्येक वर्ष फाल्गुन शुुक्ल पक्षको प्रतिपर्दाका दिन मनाउने तामाङ समुदायमा चिनिएको ग्याल्पो ल्होसार पर्व कर्णालीका मुगु, जुम्ला, हुम्ला, डोल्पा जिल्लाका उत्तरी भेग स्थायी तथा अस्थायी रुपमा बसोवास गर्ने समुदायलेले भव्यकताका साथ मनाउछन् । यस पर्वलाई राष्ट्रिय पर्वको स्थान दिदै सार्वजनिक विदा पनि दिइन्छ ।


नयाँ वर्षका रुपमा चिनिने यो पर्व यस वर्ष २१५३ औँ वर्ष हो, मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर चरा, कुकुर र बराह गरि १२ बर्गमा बिभाजन गरिएको छ । यस वर्ष ताल्हो (घोडा) बर्षको रुपमा रहेको छ ।
आज नयाँ वर्ष १ गते देखि महिनौँ दिन सम्म नातेदार, आफन्तजन, इस्टमित्र समुदायमा बसोबास गर्ने सबै संग खान पिन, स्वागत सत्कार, स्थानीय पराम्परा सहितका नाचगान सेलो नाच, धनुबाण खेल जस्ता कृयाकलाप यस क्षेत्रमा गरिन्छ । ल्होसार को अवसरमा घर भेटघाटमा आउने सबै नातेदारले भेटघाट र मनोरञ्जन गर्दछन् ।


यस क्षेत्रमा न्युन रोजगारी र अत्यधिक ज्यालादारीको आम्दानीले ल्होसार पर्व मनाउने क्रममा प्रयोग गरिने खाधान्न परकिारहरु तथा खाना हरु मा मासु, छयाङ, पुरी, खानासँगै धेरै नियमित गुलिया तथा चिल्ला पदार्थको बढी मात्रामा प्रयोग हुने गरेको पाइन्छ । तयारी खानाका परिकारहरु लामो समयसम्म राखेर खाने परम्पराले स्वास्थ्यमा समेत असरबाट बच्न ताजा र स्वास्थ्यमा ख्याल राखि खानपिन गर्नु राम्रो मानिन्छ ।


ल्होसार पर्वले मेलमिलाप, सद्भाव, भाईचार समबन्ध वृधि त गर्ला तर खानपिन को असावधानीले थप स्वास्थ्य समस्याले गरिवी र रोगी बनाइरहने पनि चिन्ता उत्तिकै छ ।
ल्होसार पर्वलाइ कम खर्चिलो, सावधानीपूर्वक र लोप हुन लागेका परम्मपरा जर्गेना गर्दै मौलिक पर्वका रुपमा मनाउन आवश्यक छ र जनचेतना फैलाउनु हाम्रो दायित्व हो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस