जुम्ला । जुम्लामा भ्यान दुर्घटना हुँदा तीन जना निर्वाचन प्रहरी सहित ७ जना घाईते भएका छन् । विहिबार जुम्ला बजारदेखि नाग्म तर्फ जादै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका वडा नं ६ धौलापानीमा दुर्घटना हुँदा सवार ७ जना घाईते भएका हुन् ।
भ्यानमा सवार ७ जना निर्वाचन प्रहरी घाईते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको डिएसपी रविन बाबु रेग्मीले बताए । उनका अनुसार घाईते ७ जना मध्य २ जनाको अबस्था गम्भीर छ । हाल घाईतेको पहिचान खुल्न बाँकि छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते बिहिवार



